नेपाल – जापान एजुकेशनल सपोर्ट क्लबले कोरोनाको महामारीको यो जटिल परिस्थितीमा नेपालमा दैनिक गुजारा गर्न अत्यन्तै मुश्किलमा परेका गरीब तथा ज्याला मजदुरी गरेर जीबन यापन गरिरहेका परिबारहरुलाई १५ लाख यन आर्थीक सहयोग गर्ने भएको छ ।
संस्थाको नागोया स्थित शाखा कार्यालयमा बसेको बैठकले सामुदायिक बिधालयहरुमा अध्ययन गरिरहेका गरिब तथा बिपन्न बर्गका छात्र छात्राका अभिभावकलाई छनौट गरि प्रति घर ५ हजार रुपैंयाको दरले जम्मा ३०० घर-धुरीलाई बितरण गर्ने निर्णय गरेको छ ।
महामारीको चपेटामा परेका परिवारलाई केहि मात्रामा भए पनि राहत दिने उदेश्यले यस किसिमको कार्यक्रम गर्न लागिएको संस्थाका चिफ राजेन्द्र थापाले गुरुकुल खवरलाई जानकारी दिनुभयो । संस्थाका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोले आफु लगातार ३ वर्ष नेपाल जांदा बिभिन्न शैक्षिक गतिबिधीमा सहभागी हुने गरेको तर यसपटक कोरोनाको कारणले नेपाल जान रोकिए पनि नेपाली विद्यार्थी भाईबहिनीहरुको लागि गर्ने सहयोगमा निरन्तरता दिइने जानकारी गराउनुभयो ।
उक्त मिटिङमा जापानीज मेम्बर तथा छात्रबृती डोनर दोमिची ताकेहिको तथा जापानीज पत्रकार यागी माना र समाजसेवी राधा थापाको पनि उपस्थित थियो उक्त नगद राहत बितरण कार्यक्रम नेपाल स्थित संस्थाका प्रोग्राम कोर्डिनेटर सुनिल हिराचन र प्रतिनिधी मनु ज्वारचनको रोहबरमा गरिने भएको छ ।
बिगत ३३ बर्ष देखी नेपालमा सामुदायिक बिद्यालय भवन निर्माण , छात्रबृती फर्नीचर , शैक्षिक तथा खेलकूद सामाग्री , कम्युटर लगायतका सामाग्री वितरण तथा विभिन्न प्रतियोगिता समेत संस्थाले गर्दै आईरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-