Play

यस वर्ष कक्षा ११को बोर्ड परीक्षा नहुने

गुरुकुल खबर


कोरोना भाइरस संक्रमण महामारीले स्थगित भएको कक्षा ११ को बोर्ड परीक्षा यस वर्ष नहुने भएको छ ।

पाठ्क्रम विकास तथा मूल्यांकन परिषद् बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११का विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो ।
एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्न लागिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार सम्बन्धित विद्याललयले आफ्ना विद्यार्थीलाई कसरी नम्बर दिने भन्ने विषयमा कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कोरोना महामारीले परीक्षा सम्भव नभएकाले आन्तरिक मूल्यांकन प्रणाली अपनाउनु परेको उनले बताए ।
अर्को वर्ष के गर्ने पछि नै निर्णय गने भट्टराईले बताए । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण परीक्षा स्थगित गरिएको थियो ।

२१ असार २०७७, आईतवार १८:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा