Play

कांग्रेसका उम्मेदवार महेन्द्र यादव १२४ मतले पराजित

गुरुकुल खबर


जनकपुरधाम । मंसिर ४मा सम्भन्न प्रदेशर प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नं. ४ मा मतगणना सकिक्दासम्म अगाडी रहेका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव परिणाम सुनाउँदा एक्कासी १२४ मतले पराजित भएका छन् । । उनको विजय जुलुसको तयारी भइरहँदा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएको घोषण भएको थियो ।

नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएको घोषण निर्वाचन आयोगले गरेको हो । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार ११२ मत पाएका छन् । विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री ।

यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । त्यतिबेला पनि महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए ।

मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार महासेठले ३२ हजार २३६ मत ल्याएको र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार महेन्द्र यादवले ३२ हजार ११२ मत पाएको त्यहाँका निर्वाचन अधिकृत सुदीपकुमार दंगालले जानकारी दिएका थिए

१३ मंसिर २०७९, मंगलवार १२:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा