Play

देउवा मन्त्रिपरिषदका बहालवाला गृहमन्त्री सहित ६ मन्त्री चुनावमा पराजित

गुरुकुल खबर


काठमाडौं, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५६ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब नौ क्षेत्रको आउन बाँकी छ ।

हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनाव हारेका छन् । जसमा शक्तिशाली गृहमन्त्री पनि पर्छन् । निर्वाचन हार्नेमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले सरकारका तीन मन्त्रीलाई पराजित गरेका छन् ।

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका दीपक बोहरा निर्वाचित भएका छन्। बोहराले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार चार मतमा सीमित भए । सत्तागठबन्धनका उम्मेदवार खाणलाई एमालेको सहयोगमा राप्रपाका दीपक बोहराले हराए ।

माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसाललाई ललितपुर ३ बाट डा.तोसिमा कार्कीले पराजित गरिन् । कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी हुन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा भुसाल आठ हजार ७६९ मतका साथ तेस्रो स्थानमा सीमित हुन पुगिन् ।

एकीकृत समाजवादीका नेता एवं पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरेका हुन् । विराजभक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले चार हजार १७७ मत मात्रै ल्याएर तेस्रो स्थानमा खुम्चिए ।

माओवादी नेता एवं खेलकुदमन्त्री महेश्वर गहतराज पनि पराजित भएका छन् । बाँके १ मा उम्मेदवार बनेका गहतराजलाई एमालेका सूर्य ढकालले पाँच हजार ३९४ मतान्तरले पराजित गरेका हुन् । ढकालले २५ हजार २६ र मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याए।

कांग्रेस सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी बारा १ बाट पराजित भएका छन्। उनलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन्। मैनालीले ३९ हजार १९५ र चौधरीले ३० हजार ५६ मत ल्याए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गरेका हुन् । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत ल्याए।

११ मंसिर २०७९, आईतवार २०:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा