Play

गृहमन्त्री बालकृष्ण खाणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा क्लिन स्विप

गुरुकुल खबर


भैरहवा । रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् । गृहमन्त्री बालकृष्ण खाण सहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी भएका हुन् । खाणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा क्लिन स्विप भएको छ ।

सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका खाण ३४ हजार ३६ मत ल्याए भने एमाले, राप्रपा र जसपाको तालमेलबाट उम्मेदवारी दिएका बोहरा दुई हजार ६ सय ८१ मतले विजयी बनेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

रुपन्देहीको पाँच क्षेत्रमध्ये सबै भन्दा ढिलो यसै क्षेत्रको मतगणना भएको छ । सबैको चासोको विषयमा रहेको यो क्षेत्रमा ९३ हजार ६ सय ६७ जनाले मतदान गरेका थिए ।

३६ वटा वडा रहेको रुपन्देही ३ मा सुरुवाती चरणबाटै खाणले अग्रता कायम गरे पनि शुक्रबारदेखि उनी पछाडि पर्दै गइरहेका थिए । ०७४ को चुनावमा कांग्रेससँगै तालमेल गरी उम्मेदवार बनेका बोहरा अहिले कांग्रेसकै उम्मेदवारलाई हराएका हुन् ।

यस्तै, प्रदेशसभा २ तर्फ १६ हजार ३ सय ९४ मतका साथ एमालेका तुलसी चौधरी विजयी भएका छन् । तीन दलीय तालमेलबाट उम्मेदवार बनेका चौधरी दुई सय एक मतान्तरले विजयी बनेका हुन । उनलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकै राम चन्द्र ढकालले पछाइरहेका थिए, ढकालले १६ हजार एक सय ९३ मत ल्याए । खसेको ४९ हजार पाँच सय तीन मतमध्ये दुई हजार १ सय ५२ मत बदर भएको थियो ।

१५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधी सभामा कोही पनि निर्वाचित हुन सकेनन । क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित भएका हुन् ।

न्युज कारखानाबाट

१० मंसिर २०७९, शनिबार १८:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा