काठमाडौं, ६ मंसिर . प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ ।
६ मंसिर २०७९, मंगलवार १३:३४ मा प्रकाशित