Play

गोरखा क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष प्रचण्ड’को फराकिलो अग्रता कायम

गुरुकुल खबर


गाेरखा । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उनले तीन हजार सात सय ८५ मत प्राप्त गरेका छन् । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहनुभएका छन् । त्यस्तै नेकपा (एमाले)का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

त्यस्तै गरी, प्रदेशसभातर्फ समानुपातिमा २ (१) मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।

६ मंसिर २०७९, मंगलवार १०:०० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा