Play

अभियोग पुष्टि हुने प्रमाण पेस गर्न नसकेको सन्दिप तर्फका वकिलको दाबी

गुरुकुल खबर


काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्धको अभियोगमा अभियोजन पक्षले अभियोग पुष्टि हुने प्रमाण पेस गर्न नसकेको दाबी गरेको छ । सन्दिपसँग अदालतले मंगलबार बयान लिएपछि बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । सन्दिपले यसअघि ‘इन्कारी बयान’ दिँदै आएका थिए । मंगलबार इजलासमा पनि ‘बलात्कार नगरेको’ बयान उनले दिएका थिए ।

सन्दिपको बयान सकिएपछि थुनछेक बहसको पहिलो दिन बुधबार उनको अभियोगमा ‘प्रत्यक्ष प्रमाण अभियोजनकर्ताले पेस गर्न नसकेको र पीडित भनिएकी व्यक्तिको वास्तविक उमेरमा फरक परेकाले के आधार मान्ने ?’ भन्ने विषयमा बहस सुरु भएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए ।

उनका अनुसार पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्ने’ पनि वकालत गरिएको छ । अधिवक्ता सापकोटाले ‘आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्ता आधार मानेर वकालत गर्नुपर्ने’मा जोड दिएको पनि उल्लेख गरे ।

नागरिकता जागिर खान सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले ‘जन्मदर्तालाई नै आधार मान्नुपर्ने’मा जोड दिइएको उनले बताए । सन्दिपका तर्फबाट बहसमा सहभागी वकिलले ‘पीडित नाबालिग नभएको प्रमाणस्वरूप जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि’ न्यायाधीशसमक्ष पेस गरेका छन् ।

अदालतमा पेस प्रमाणपत्रमा ‘पीडित’ भनिएकी किशोरीको जन्म १८ असार २०६१ उल्लेख छ । त्यसअनुसार पीडित १८ वर्ष ३ महिना पूरा भइसकेको देखिएको छ । सन्दिपले पनि आपूmले बालात्कार नगरेको बयान दिँदै आएका छन् ।

‘पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने ? जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने ? ’cause नागरिकतापछि बनेको कागज भयो,’ अधिवक्ता सापकोटाको भनाइ छ, ‘जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने छ ।’

१७ कार्तिक २०७९, बिहीबार १२:२१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा