Play

कास्कीमा अघिल्लो चुनावको विरासत जोगाउन नेकपा एमालेको दौड जारी

गुरुकुल खबर


पोखरा , आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा सबैजसो उमेदवारहरु चुनावी दौडमा छन । मुख्य गरि नेपाली कांग्रेस नेकपा एमाले र माओवादी केन्द्रका उमेदवारहरु बिच कास्कीमा प्रतिष्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेस र माओबादी केन्द्र र एकीकृत समाजवादी सहितको ५ दलिय गठबन्धनका उमेदवारहरु र नेकपा एमालेका उमेदवार बिचमा कडा प्रतिस्पर्धा हुने अनुमान धेरैको छ ।

यस अगाडी कास्कीका ३ प्रतिनिधि सभामा सबै र ६ प्रदेश सभामा पनि ३ स्थान गरि ६ स्थानमा बिजय पाएको एमाले पुरानो विरासत जोगाउंदै थप उपलब्धि हात पार्ने दाउमा छ भने एमाले संग मिलेर चुनाब लड्दा दुई वटा प्रदेश सभाको सिट जितेको माओवादी केन्द्र यस पटक १ प्रतिनिधि सभा र तिन प्रदेश सभाको सिटका लागि प्रतिस्पर्धामा उत्रिएको छ ।

कुनै समय कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा बिजय हात पारेको कांग्रेसले यस पटक १ प्रतिनिधि सभा र तिनवटा प्रदेश सभा गरि माओवादी सरह सिट लिएर चुनाबमा लागेको छ । यसै गरि कांग्रेस र माओबादी संगको गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले कास्की -२ मा प्रतिनिधि सभाको सदस्यका लागि लागिपरेको छ ।

चुनावी अभियानमा उल्लिखित तिन दल सहित अन्य सबै जसो दल सक्रियता पुर्वक लागिरहेका छन । उमेदवारहरु घर दैलो र चुनावी सभा जस्ता कार्यक्रममा केन्द्रित भैरहेका छन । यहाँ नेकपा एमालेको तर्फबाट चुनावी दौडमा लागेका केही उमेदवारहरुको पछिल्लो गतिविधिबारेमा चर्चा गरिएको छ ।

मुलुकमा समृद्धिको खाका कोर्न उम्मेदवारी —विद्या भट्टराई

नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा समृद्धिको खाका कोर्न आप्mनो उम्मेदवारी भएको बताएकी छन् ।

पोलिटिकल साईन्स सोसाइटी नेपालद्धारा आइतवार पोखरामा आयोजित कास्की जिल्लाबाट संघीय र प्रदेश सभाका उम्मेदवारहरुसँगको मंसीर ४ को निर्वाचनमा ‘तपाई किन उम्मेदवार ? भन्ने बहस कार्यक्रममा उनले पठाएको सन्देशमा अवको समृद्धिको आन्दोलन आवश्यक रहेको उल्लेख गरेकी छन् ।

डेंगु संंक्रमणका कारण पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईले पठाएकोे सन्देशमा घोषणा पत्रमा गरिएका समृद्धिका आधारलाई पुरा गर्नु आफु प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी छन् ।

कात्तिक १ गते शरीरमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएकी भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार हुदै सामान्य अवस्थामा आएको हुँदा भोली ७ गते डिस्चार्ज हुने तयारी गरिएको अस्पताल श्रोतले जनाएको छ ।

सोसाईटीका अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका तीनै वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार, पार्टी प्रमुहरु, एवम् बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

०६२/६३ को जनआन्दोनबाट प्राप्त संस्थागत क्रान्तिलाई रक्षा गर्न उम्मेदवारी– गणेशमान गुरूङ

कास्की निर्वाचन क्षेत्र नम्वर ३ (क) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङले २०६२÷६३ को जनआन्दोलनबाट जनताले ल्याएको संस्थागत क्रान्तिलाई रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गुरूङले जनताले रगत बगाएर ल्याएको अधिकारसँगै संघीयतालाई मजबुत र बलियो बनाउनका लागि एमालेको सरकार हुनुको विकल्प नभएको बताए ।

माछापुच्छ्रे गाउँपालिकाका ९ वटा वडा र पोखरा महानगरका ६ वटा वडामा मंसिर ४ गते हुने निर्वाचन केन्द्रित एमाले वडा कमिटिको विस्तारित बैठकमा उनले आफ्नो राष्ट्र र राष्ट्रियता बचाउन तथा समग्र देशको विकासका लागि यो पटकको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई सुर्य ध्वजाबाहक चिन्हमा मतदान गर्न स्थानियलाई जागरुक बनाउनका लागि एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले गणतन्त्र आएपछि काठमाण्डौं केन्द्रित सिंहदरवार गाउँ आएपनि जनताले त्यो सुविधा र सहजता आभाष गर्न नपाएको भन्दै स्थानिय स्तरमा सिंहदरवार आएको महसुस गराउनका लागि प्रदेश सरकारले पाउनुपर्नै अधिकारका लागि आफु र आफ्नो पाटी लागिपर्ने बताए ।

वडाका विस्तारित वैठकमा कास्की क्षेत्र नम्वर ३ बाट एमालेका प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङ, पार्टीका केन्द्रदेखि जिल्ला र वडा तहका नेताहरूको उपस्थिति रहेको थियो ।

वडाका विस्तारित वैठकमा प्रत्येक वडामा एमाले वडा कमिटिका वडा अध्यक्षको संयोजकत्वमा युवा परिचालन, महिला परिचालन, आर्थिक सङकलन, वृद्धवृद्धा परिचालन, अनुगमन लगायतका उपसमितिहरू गठन गरिएका छन् ।

यसैविच एमालेको चुनाव प्रचार कार्यक्रम अन्तर्गत दलित मुक्ति मोर्चाको क्षेत्रिय स्तरको भेला पोखरा २५ हेमजामा सम्पन्न भएको छ।

भरतपोखरीबासीलाई महानगरको अनुभुति हुने गरी एकीकृत विकासको योजना छ–उम्मेदवार कार्की

नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र न २ (१)  का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको एकीकृत विकासको योजना रहेको बताएका छन् ।

भरतपोखरीका जनताले महानगरबासी भएको  अनुभुति हुने गरी काम गर्ने भन्दै कार्कीले सोही योजना अनुसार एमाले नेतृत्वको प्रदेश सरकारले अघि सारेको क्रिकेट रंगशाला र औद्योगिक ग्राम निर्माणको अवधारणा अघि सारेको र वर्तमान गठबन्धन सरकारका कारण अलपत्र पारिए पनि अब सो काम पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

भरतपोखरी विकास मञ्चले आयोजना गरेको तिहार विशेष नृत्य प्रतियोगितामा साथै सो क्षेत्रका बासिन्दाहरुसँग भेटघाट गर्दै ती योजनासँगै सो वडाका आधा दर्जन बढि बाटोहरूका बजेट वर्तमान सरकारले कटौती गरेको बताउँदै तिनीहरु पनि अवको एमाले नेतृत्वको सरकारले पुरा गर्ने प्रतिवद्धता जनाए ।
सो वडाका महत््वपूर्ण स्थानमा सेति नदि माथि थप  मोटरेबल पुलहरू निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलको  दुरि छोट्याउने काम गर्ने  र उक्त कार्य पर्यटकीय विकासमा महत्वपूर्ण कोषेढुङ्गा सावित हुने उनको भनाई छ ।
उम्मेदवार कार्कीले उक्त वडामा एक सुविधा सम्पन्न अस्पताल निर्माण गरी जनताले  स्वास्थ्य सेवा प्राप्त गर्ने गरी काम गर्ने बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्न प्रदेश सभा उम्मेदवार गुरुङ प्रतिवद्ध

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् ।

आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् ।

‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यताको विकास भएको छ । तर पनि मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’ उम्मेदवार गुरुङ भन्छिन्–‘राजनीतिक वितृष्णा नै जित्ने आधार हो । अघिल्ला पुस्ताहरुले गरेको व्यवहारबाट नै हाम्रो जित्ने आधार तय भएको छ । हामी नयाँ भिजन र मिसनसहित चुनावी अभियानमा छौं । यो देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । त्यो हिसाबले अब एमाले पार्टीले जनताको परिवर्तनका लागि लड्छ । पार्टीको प्रतिवद्धता र हामीले अगाडी सारेका विकासका योजना र नीतिहरु नै हामीले चुनाव जित्ने आधार हुन् ।’

पोखरा महानगरपालिका वडा नं.१६ मा एमालेको निर्वाचन परिचालन कमिटिको घरदैलो कार्यक्रममा उनले एमाले पार्टी नयाँ सोच,विचार र एजेण्डासहित चुनावी मैदानमा उत्रिएकोले एमाले पार्टीलाई मंसिर ४ गतेको निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि कास्की २ (२) का मतदाता आतुर भएको विश्वास व्यक्त गरिन् ।

आफू राजनीतिक मात्र नभएर सामाजिक व्यक्तित्व भएको हिसाबले धेरै पहिलादेखि गाउँको विकासका निम्ति सक्दो सहयोग गर्ने गरेको स्मरण गर्दै उनले निर्वाचित भएपछि आफ्नो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गरी स्वरोजगार सिर्जना, कृषिमा आकर्षण, भौतिक तथा आर्थिक विकास जस्ता विषयबस्तुलाई मुल प्राथमिकतामा राखेर काम गर्ने अठोट गरिन् ।

मुल्यवृद्वि नियन्त्रण गर्ने एमाले उम्मेद्वार मनबहादुर गुरुङको उद्घोष

पोखरा, ७ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचित भएपछि मुल्यवृद्वि नियन्त्रण आफ्नो मख्य प्राथमिकता रहेको एमाले उम्मद्वार मनवहादुर गुरुङले उद्घोष गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रत्यासी उम्मेदवार गुरूङले पछिल्लो समय बढ्दै गएको वेरोजगारी समस्या र मुल्यवृद्विले जनता मारमा परेको बताउँदै यसलाई नियन्त्रण गर्ने आफ्नो मुख्य एजेण्डा भएको उल्लेख गरे।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा पोखरा २७ का मतदातासँग उनले भुमिहिन,गुठि लगायत स्थानियका समस्या समाधान गर्ने बताए ।


घरदैलो कार्यक्रममा कास्की क्षेत्र नम्वर १(क)का नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई भोट हाल्न मतदाता आतुर भएको भन्दै नेकपा एमालेलाईलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरे ।

 

कास्की १ (ख) मा नेकपा एमालेको चुनाव प्रचारप्रसार तिव्र

कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचारप्रसारलाई तिव्र पारेको छ ।

सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपाली सहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउनको लागि प्रचारप्रसारको कामलाईृ तिव्रता दिएका हुन् ।

सोमवार पोखरा १२ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराउँदै प्रदेश तथा वडामा भएका विकासका कामहरु एमालकोे नेतृत्वमा भएको बताए । साथै, एमालेको सरकार रहदा प्रकृयामा रहेका कामहरु पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको उनीहरुको आरोप छ ।

वडा नम्वर १२ का स्थानियले दीपावलीको खुसीयाली जस्तै एमाले पार्टीलाई बुहुमतले जिताएर पाँच वर्षसम्म नै खुसीयाली मनाउने विश्वास व्यक्त गरे ।

 

८ कार्तिक २०७९, मंगलवार १९:२९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा