Play

जनता समाजवादी पार्टी र नेकपा (एमाले) सहमति, २२ निर्वाचन क्षेत्र जसपालाई र बाँकी एमालेलाई

गुरुकुल खबर


काठमाडौँ । पाँच दलीय गठबन्धनको एक मुख्य घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको शरणमा परेका छन ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दुई दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको काखबाट भागेर उपेन्द्र यादव ओलीको शरणमा पुगेका हुन । देउवाले मागेजति सिट नदिएपछि यादव ओलीको शरणमा परेका हुन । ओलीको शरणमा परेका यादवको माग सम्बोधन गर्न बिहीबार राति एमाले सचिव रघुवीर महासेठको घरमा छलफल भएको थियो ।

त्यहाँ एमालेले २१ देखि २२ निर्वाचन क्षेत्रमा जसपालाई सहयोग गर्ने र बाँकी निर्वाचन क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने गरी सहमति जुटेको छ । अनौपचारिक रूपमा सहमति जुटेको भए पनि त्यसलाई लिखित रूपमा शुक्रबार बिहान आकार दिइने जसपाका एक नेताले जानकारी दिए ।

जसपाले लिखित रूपमा एमालेसँग तालमेलको निर्णय लिए ओलीलाई सत्ताच्यूत गर्न बनेको पाँच दलीय गठबन्धन औपचारिक रूपमा विभाजित हुनेछ । विषयगत रूपमा केही अघि नै जनमोर्चाले विभाजनको संकेत दिएको भए पनि दुई सिट पाउँदा उ गठबन्धनमै रहेर चुनावमा जाने पक्षमा छ ।

२१ आश्विन २०७९, शुक्रबार ०८:५० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा