Play

पोखरा-२५ हेमजामा बजार अनुगमन कार्य शुरु

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं २५ ले मंगबार हेमजामा बजार अनुगमन कार्य शुरु गरेको छ ।

बजार अनुगमनको क्रममा सामानको मूल्य सूचीहरू नराखिएको उपभोग्य मिति सकिएका, लेबल नभएका, व्यवसाय दर्ता नगरी सञ्चालन गरिएका लगायतका समस्याहरू बजारमा भेटिएको वडा अध्यक्ष मोति राज तिमिल्सिनाले बताए । मिति सकिएका सामानहरु नष्ट गरिएको थियो ।

गुणस्तरीय सेवा तथा वस्तु प्राप्त गर्नु उपभोक्ताको अधिकार भएको बताउँदै वडा अध्यक्ष तिमिल्सिनाले खरिद गर्न चाहेको बस्तुको मूल्य, परिमाण, शुद्धता र गुणस्तरको बारेमा सूचित हुन पाउने उपभोक्ताको अधिकार भएको बताउँछन् । उभोक्ताले सामान खरिद गर्दा उत्पादन मिति र उपभोग्य मिति छ वा छैन भनि हेर्नुपर्नेमा तिमिल्सिनाले जोड दिए ।

वडा अध्यक्ष तिमिल्सिनाले उपभोक्ताले देख्ने गरी मूल्यसूचि र मिति राख्नु विक्रेताको कर्तव्य भएको बताउँदै खाद्यबस्तु जस्ता नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने महत्त्वपूर्ण कार्यमा संवेदनसिल हुन सम्पुर्ण व्यावसायीहरुलाइ आग्रह गरे ।

बजार अनुगमनमा खटिनुहुने महानगर, जिल्ला प्रशासन, उपभोक्ता मञ्च, गुणस्तर नापतौल विभाग, जनप्रतिनिधीलगायतलाई सहयोगका लागि आभार प्रकट गरेका छन् ।

वडा अध्यक्ष तिमिल्सिनाले नजिकिदै गरेको चाडबाँडमा खाद्य बजारमा हुन सक्ने बेतिथिलाई नियन्त्रण गर्न वडा अनुगमन समितिले बजार अनुगमनलाई निरन्तरता दिने जानकारी दिए ।

११ आश्विन २०७९, मंगलवार २१:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा