Play

कैलाली–२ प्रतिनिधिसभा समानुपातिकको सूचीमा डा. उपाध्यायको नाम सिफारिस

गुरुकुल खबर


काठमाडौं : नेपाली कांग्रेसले कैलाली–२ बाट प्रतिनिधिसभा समानुपातिकको सूचीमा डा. जितेन्द्र उपाध्यायको नाम सिफारिस गरेको छ ।

नेपाली जनसम्पर्क समिति क्यानडाका उपसभापति एवं कांग्रेस महासमिति सदस्य उपाध्यायको नाम समानुपातिकतर्फ सिफारिस गरिएको कांग्रेस कैलाली क्षेत्र नम्बर २ ले जनाएको छ । क्यानडामा विश्वविद्यालयमा अध्यापन गराउँदै आएका उपाध्याय युवा बैज्ञानिकसमेत हुन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिका विषयमा चासो राख्ने बौद्धिक युवा नेता उपाध्यायको नाम संघीय संसदको समानुपातिक सूचीमा राखिएको हो । उनीसहित कैलाली–२ बाट जनकबहादुर बम, रीता मुडभरी, सुमन सञ्जेल, बलबहादुर विष्ट र लोकबहादुर महतोको नाम प्रदेशमा पठाइएको कांग्रेसले जनाएको छ ।

युवा बैज्ञानिक उपाध्याय हालै विश्व जेसिसको सूचीमा १०० भन्दा बढि मुलुकका २०० युवामध्येबाट उत्कृष्ट ३० युवामा छनोट भएका थिए ।

नेपाली जनसम्पर्क समिति क्यानाडाका अध्यक्ष बुद्धिप्रकाश वलीले उपाध्याय संघीय संसदमा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकोमा खुसी व्यक्त गरे । उनले युवा नेता उपाध्यायको नाम समानुपातिकको बन्द सूचीमा राख्न पनि कांग्रेसलाई आग्रह गरेका छन् ।

उनले भने, ‘अहिलेका चर्चित अनुहार (बालेन, हर्क र गोपी लगायत) जस्ता पात्र नेपाली कांग्रेस भित्र धेरै छन् । पार्टी ले समयमा चिन्न सकोस । डा जितु उपाध्याय लाई अवसर दिनु पर्छ । डा. जितु बौद्दिक व्यक्तित्व, समाजसेवी तथा युवा नेता,स्वदेश हुदै प्रवासमा रहेर उहाँले आजसम्म गरेको नेपाल र नेपाली समाजप्रतिको सदभाव, सहयोग तथा संगठनप्रतिको लगावको पार्टीले अवश्य मूल्यांकन गर्नेछ।’

२४ भाद्र २०७९, शुक्रबार ०९:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा