Play

कास्कीमा कांग्रेसबाट को को बन्लान संघ र प्रदेशमा उमेदवार ?

गुरुकुल खबर


आगामी मंसिर ४ गते हुने संघीय सांसद र प्रदेश सांसदहरुको निर्वाचनका लागि सम्भावित उमेदवार र आकांक्षीहरुको दौडधुप शुरु भएको छ । चुनावको चर्चा चलेसंगै अधिकांश आकांक्षीहरु नेताहरुसंगको भेटघाटमा काठमाडौ जाने आउने क्रम चलिरहेको छ ।

अन्य पार्टीहरुको तुलनामा नेपाली कांग्रेसका आकांक्षीहरुको दौडधुप बढी भैरहेको बताईन्छ । नेपाली कांग्रेसबाट कास्कीका ३ वटा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा उमेदवार बन्न चाहानेहरु पुरानो पुस्ता देखि नया पुस्ता सम्मका छन ।

यस अगाडी त्यस क्षेत्रबाट कांग्रेसका तारानाथ रानाभाट र यज्ञ बहादुर थापाले ३/३ पटक उमेदवार बनेको भएपनि थापाले १ पटक र रानाभाटले २ पटक निर्वाचन जितेका थिए । १ पटक मात्र चुनाब लडेका मेजर दिपक बहादुर गुरुडं भने झिनो मतले पराजित भएका थिए ।

कास्की क्षेत्र नं १ मा संघीय सांसद बन्नका लागि पार्टीका पुर्व महामन्त्री र पुर्व सभामुख समेत रहनुभएका तारानाथ रानाभाटको चर्चा अहिले पनि चलेको छ । यस बाहेक पुर्व मन्त्री एवं कास्की कांग्रेसका पुर्व सभापति यज्ञ बहादुर थापा , पुर्व सभापति कृष्ण केसी र पार्टीका वहालवाला सभापति किशोरदत्त बराल समेत आकांक्षी छन ।

यसैगरि पार्टीका सह महामन्त्री जिवन परियार र केन्द्रीय सदस्य गुरु बरालले पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने ईच्छा प्रकट गरिरहेको बताईन्छ । महाधिवेशन प्रतिनिधिहरु गिरिराज गौतम, तिलक रानाभाट,सरस्वती गुरुडं र पुर्व सचिव नन्द प्रसाद तिवारी समेत पाए संघीय र नपाए प्रदेशबाट उमेदवार बन्ने दौडमा लागेको कार्यकर्ता हरु बताउंछन ।

त्यस क्षेत्रको प्रदेश क मा सुदिप मोहन भट्टराई, राजेन्दमणी लामिछाने, बुद्दीमान गुरुडं, प्रकाश खनाल , पुष्पमणी भण्डारी, राम बाबु भण्डारी दुर्गा लामीछाने लगायतका आकांक्षी छन भने प्रदेश ख तर्फ विकास गुरुडं , दिपक गुरुडं , लेख बहादुर गुरुडं , भानु ढकाल,अर्जुन गुरुडं ,कृष्ण कोईराला, माया बराल, यज्ञेश्वर पोखरेल , आनन्दी राणा कार्की, राज कुमार गुरुडं ,नविन सिग्देल, संज्ञा पोखरेल, शिरोमणी बराल समेतले आकांक्षा प्रकट गरिरहेको बताईन्छ ।

कास्कीको निर्वाचन क्षेत्र नं २ पोखराको मुख्य बजार समेत पर्ने क्षेत्र हो । यस क्षेत्रवाट यस पटक पनि शोभियत बहादुर अधिकारी र देवराज चालीसे उमेदवार बन्ने दौडमा रहेको बताईन्छ । दुवै जनाले यस क्षेत्रमा यस अगाडीका निर्वाचनमा पराजय भोग्नुपरेको थियो । यस अगाडीको उपचुनावमा कांग्रेस बाट उमेदवार बनेका खेमराज पौडेलले भने खासै ईच्छा राखेको छैनन।

क्षेत्र नं २ का अन्य आकांक्षीहरु मध्ये लगातार तिन पटक सम्म महासमिति सदस्य बनेको ऋषिराम क़ाफ्ले सहित महाधिवेशन प्रतिनिधि विरेन्द्र नारायण बिजुक्छे पनि छन । गण्डकी प्रदेशका मन्त्री कुमार खड्का र बिन्दु कुमार थापा मध्ये एक जना संघीय निर्वाचनमा र एक जना प्रदेश निर्वाचनमा सहभागी बन्ने चर्चा पनि त्यत्तिकै छ ।

यस क्षेत्रबाट युवा उधमी किरण केसी, विश्व पालिखे , लक्ष्मी पाण्डे , करुणानिधि कोईराला परिवारकी बुहारी शकुन्तला कोईराला, वृन्दा रानामगर र सुनयना पालिखे लगायतका महिलाहरु पनि मिले सम्म उमेदवार बन्ने मनःस्थितिमा छन ।

क्षेत्र नं २ को प्रदेश क बाट कांग्रेसकी नेतृहरु रंगीला आचार्य, नम्रता बराल , कोपिला तिवारी , दिनेश आचार्य , बिजय आचार्य, वर्षा केशव पराजुली, पुण्डरी बराल समेतले आकांक्षा प्रकट गरेको बताईन्छ ।

प्रदेश ख तर्फ भने माधव प्रसाद बांस्तोला मधु , निर्मल कर्माचार्य, पदम सिंह गुरुडं , विष्णु कोईराला , मुकुन्द बांस्तोला ज्वाला लगायतको चर्चा छ ।

कास्कीको क्षेत्र नं ३ बाट पनि आकांक्षीहरुको संख्या त्यत्तिकै छ । विगतका निर्वाचनमा कांग्रेसबाट उमेदवार बनेका शुक्रराज शर्मा, महादेव गुरुडं र प्रकाश गुरुडं भने यस पटक चुनाब लड्ने मुडमा नरहेको बताईन्छ तर महादेव गुरुडंले यस विषयमा केही बताएका छैनन । त्यस क्षेत्रवाट बिगतमा महादेव ,प्रकाश र कृष्ण बहादुर गुरुडं १/१ पटक बिजयी भएका थिए ।

यस पटक संघीय निर्वाचनमा क्षेत्रीय सभापति मनोज गुरुडं, महाधिवेशन प्रतिनिधि रामचन्द्र त्रिपाठी र दिपक गुरुडं साथै महिला नेतृ शारदा पौडेल उमेदवार बन्ने कसरतमा छन । यसैगरि बाबुराम आचार्य ,आई बहादुर गुरुडं लगायतको पनि त्यत्तिकै ईच्छा रहेको बुझिएको छ ।यसका साथै पत्रकारितामा निरन्तर सक्रिय रही नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षको समेत ज़िम्मेवारी सम्हालेका गंगाधर पराजुलीलाई संघीय वा प्रदेश सांसदको निर्वाचनमा उमेदवार बन्न कार्यकर्ताले सुझाएका छन । पोखरा महानगरपालिकाका ५ वटा वडा र एक गाउं पालिका रहेको त्यस प्रदेशमा महानगरपालिकाका मतदाताको रोजाईमा पराजुली पर्ने बताईन्छ ।

त्यस क्षेत्रको प्रदेश क तर्फ पार्टीका जिल्ला सहसचिव शंकर ढुंगाना , महाधिवेशन प्रतिनिधि विष्णु क्षेत्री , खुशीमान गुरुडं , वीरेन्द्र गुरुडं , टेकन शोभा गुरुडं,उमेश पराजुलीको चर्चा चलेको छ तर अमृत श्रेष्ठ, खिमलाल बांस्तोला,सुरेन्द्र बिजुक्छे, राम प्रसाद अधिकारी र केशव अधिकारीले समेत प्रदेशमा चुनाव लड्ने ईच्छा जाहेर गरेको बुझिएको छ ।

यसै गरि प्रदेश ख तर्फ कांग्रेसका पुराना नेता दुर्गा प्रसाद तिमिल्सिना,पोषनाथ शर्मा, भेषराज पराजुली र लक्ष्मी बहादुर भट्टराई सहित युवा पुस्ताका  राज बहादुर गुरुडं, पुरुषोत्तम पराजुली, प्रकाश बराल र बेदहरी तिमिल्सिनाको पनि चर्चा चलेको छ । त्यस प्रदेशबाट देवेन्द्र शेरचन , गणेश बहादुर भट्टराई,विजयालक्ष्मी कोईराला समेतले पनि ईच्छा प्रकट गरेको बताईन्छ ।

कास्कीका ३ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा पोखरा महानगरपालिकाका ११ वडा सहित रुपा र मादी गाउं पालिका , क्षेत्र नं २ मा पोखरा महानगरका ११ वडा मात्र र क्षेत्र नं ३ मा पनि पोखरा महानगरका ११ वडा सहित अन्नपूर्ण र माछापुच्छ्रे गाउं पालिका पर्दछन।

पार्टीले उमेदवार बनाउंदा भूगोल र जातीय सन्तुलन मिलाउन सक्नुपर्ने मात्र नभएर यस भन्दा अगाडी चुनाव नलडेको र आम मतदाताको रोज़ाना परेकाहरुलाई उमेदवार बनाउनु पर्ने आवाज़ उठिरहेको छ ।

कुनै नेता विशेषको नजिक बनेर , गुटमा रमाएर तथा आर्थिक प्रभावमा परेर उमेदवार बनाइए कांग्रेस भीत्रबाट नै अपेक्षा गरे अनुरुप सहयोग हुन नसक्ने कुरालाई समेत पार्टीले ध्यान दिनु जरुरी छ ।

अन्य दल संगको गठबन्धनका कारण कास्कीको कुन कुन क्षेत्रमा कुन कुन पार्टीको उमेदवार बन्ने भन्ने विषय टुंगोमा पुग्न नसक्दा आकांक्षीहरु अझै अलमलमा रहेका छन ।

१० भाद्र २०७९, शुक्रबार ११:१३ मा प्रकाशित
Nabintech