Play

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजापतिको प्यानलसहित उम्मेद्वारी घोषणा

गुरुकुल खबर


पोखरा । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर पवनले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

पवनको टिममा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हिरामणि पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य परेका छन् । यस्तै, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला छन् ।कार्यकारिणी सदस्यहरुको नाम टुंग्याउन बाँकी रहेको बताइएको छ ।

यस्तो छ प्रतिवद्धता

पवनले १४ बुँदे आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । व्यवसायिक वातावरण निर्माण र उद्योगी, व्यवसायीको सम्मान अभिवृद्धि गर्ने उनले लक्ष्य बनाएका छन् ।

उनले व्यवसायिक डाटा बैंक तथा प्रवर्द्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायक  लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेका लागि आवश्यक तथ्यांक उपलव्ध गराइने र नवप्रवर्न तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवर्द्धनमा सघाउने बताए ।

सचिवालयको पुनःनिर्माण, अत्यधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य लिइएको उनको प्रतिवद्धतापत्रम उल्लेख छ ।

राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब पृथक किसिमले सञ्चालन गर्नका लागि सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने उनको प्रतिवद्धता छ ।

संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिइने उनले स्पष्ट पारे ।

८ भाद्र २०७९, बुधबार ००:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा