Play

गठबन्धनले छेकेर एमाले नछेकिने नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको भनाइ

गुरुकुल खबर


काठमाडौं,  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी भएर आउने बताउनुभएको छ ।

लोकतान्त्रिक शेर्पा सङ्घ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले एमालेको नीति र सङ्गठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आम जनताले बुझिसक्नुभएको उहाँले बताउनुभयो । गठबन्धनले छेकेर एमाले नछेकिने उहाँको भनाइ छ ।

एमालेको शक्ति र पार्टीप्रति देखिएको जनलहरले सत्तपक्षी दल अत्तालिएको पनि अध्यक्ष ओलीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘तराई मधेशलाई झुक्याउन खोजियो । तराई मधेशलाई झुक्याएर गलत बाटोमा लग्न खोजियो । आज त्यहाँका नागरिक जागरुक भएका छन् ।’ एमालेको बहुमत रोक्न सत्ता गठबन्धन दल लागिरहेको भए पनि त्यसले फरक नपर्ने उहाँले बताउनुभयो ।

समृद्ध नेपाल र सुःखी नेपालीको पक्षमा नेपाली जनता रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यो काम एमाले नेतृत्वको सरकारले मात्र सम्भव हुने बताउनुभयो । एमालेको नीति र सङ्गठनका आबद्ध भएर मात्रै नेपाललाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।

देशलाई समृद्ध बनाउन एमाले विजयी हुनुपर्छ अध्यक्ष ओलीले थप्नुभयो, “देशलाई ओरालो लाग्न नदिन, देशलाई माथि उठाउन एमाले चाहिन्छ । देश बनाउन एमालेको सरकार चाहिन्छ ।” अध्यक्ष ओलीले देश बनाउने शक्ति एमाले मात्र भएकाले नेपाली जनताले आगामी निर्वाचनमा एमालेको पक्षमा उभिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

२९ श्रावण २०७९, आईतवार ०८:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा