Play

नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सम्पन्न

गुरुकुल खबर


काठमाडौं । राजधानीबाट बाहिरिने–भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको छ । जसमा पूर्वतर्फ ७ सय ७० मिटर तथा दक्षिणतर्फ ७ सय ५ मिटर छ ।

इभाकुएसन टनेलतर्फ २५ सय ५७ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ९ सय २१ र दक्षिणतर्फ ६ सय ९२ गरी १६ सय १३ मिटर सम्पन्न भएको छ ।

त्यस्तै, क्रस प्यासेजतर्फ १ सय २८ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ३२ र दक्षिणतर्फ ३० गरी ६२ मिटर काम सकिएको छ ।
समग्रमा ५ हजार ४ सय ९९ मिटर निर्माण सम्पन्न गर्नुपर्नेमा ३ हजार २ सय ७६ मिटर अर्थात् ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख शाक्य बताउ“छन् । जसमा पूर्वतर्फ १७ सय २३ र दक्षिणतर्फ १५ सय ५३ मिटर छ ।

आयोजनाअनुसार तीन अन्डरपासमध्ये दुई र बक्स कल्भर्ट चारै निर्माण शतप्रतिशत सम्पन्न भएको छ । एउटा ओभर पास र तीन पुल निर्माण कार्यसमेत सकिएको आयोजनाले जनाएको छ ।

कोभिडलगायत कारण सुरुवाती चरणमा आयोजना केही ढिला हुन गए पनि अहिले ‘फुल फ्लेज’मा काम भइरहेको छ । दुवैतिरको पोर्टल गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका छन् ।

४२ महिनामा सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा आयोजना निर्माण सुरु भएको हो । जापानी निर्माण संस्था हाजमा आंदो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भएको थियो । कोभिडलगायत कारण आयोजनाको म्याद थप पनि गरिएको छ ।

नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो ।
नागढुंगा–नौबिसे सुरुङमार्गका लागि जापानी सहयोग नियोगले १६ अर्ब सहुलियत ऋण सहयोग दिएको छ । सो ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । २२ अर्ब लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्नेछ ।

२९ श्रावण २०७९, आईतवार ०६:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा