Play

राष्ट्रिय खुल्ला दोहोरीगीतको विजेता नगरकोट दोहोरी साँझ,६ लाख रुपैयाँ नगद पुरस्कार

गुरुकुल खबर


पोखरा ,पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगीताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौंले जितेको छ।फाइनल प्रतिष्पर्धामा दरबार दोहोरी साँझ काठमाण्डौलाई पराजित गर्दै नगरकोटले उपाधि चुमेको हो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया आए । दुवै टिमले बराबर अंक प्राप्त गरेपछि दुवै टिम तृतिय बनेका हुन् ।

उत्कृष्ट गायक दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र ऊत्कृष्ट गायिका पनि प्रतिष्ठान गण्डकीकी सीता परियार घोषित भइन् ।

यसैगरी अनुशासित टिम धौलागिरी दोहोरो साँझ ओसाका जापान बन्न सफल भयो । नव प्रतिभा पोत्साहन पुरस्कार जुनेली दोहोरी साँझकी शान्ती कार्कीले प्राप्त गरिन् ।

यो प्रतियोगीतामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीलाई थियो।

अन्य निर्णायकमा प्रतिष्ठान नेपालका पूर्व अध्यक्षहरु अम्मरविरही गुरुङ,दुर्गा रायमाझी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्रि पंगेनी सहित राधिका हमाल, रिता थापा, तारापती सुवेदी, बद्रि पराजुली, शान्ति गुरूङ, सुवास केसी, दीपक खड्का,पार्वती जिसी लगायत रहेका थिए ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा आयोजना गरिएको यस प्रतियोगीतामा सहभागीता जनाउन देशभरबाट कुल ४८ टिमले नाम दर्ता गराएका थिए । यसरी नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगीतामा भाग लिए ।

प्रतियोगीताको विजेता समुहले ६ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ । यसैगरी उपविजेतासमुहले ४ लाख, तृतिय हुन सफल दुईसमुहले डेढ-डेढ लाख नगद पुरस्कार हात पारेको प्रतियोगीता संयोजक जीवन दाहालले जनाए ।

उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । नव प्रतिभा पोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रूपैया प्रदान गरियो ।

यो सँगै गत साउन १२ गतेबाट पोखरा सभागृह हलमा सुरू भएको प्रतियोगिता पाँचौं दिनमा सम्पन्न भएको छ। प्रतियोगिता अपेक्षा गरेभन्दा भव्य भएको आयोजकको भनाई छ।

प्रतियोगीताको पहिलो दिन ६ टिमका बिचमा पहिलो चरणका लागि प्रतिष्पर्धा भएको थियो । दोस्रो दिनमा १८ टिमबिच पहिलो चरणमानै प्रतिष्पर्धा भएको थियो । तेस्रो दिनमा पहिलो चरणको बाँकी प्रतिष्पर्धा सकाएर २० टिमका बिचमा दोस्रो चरणमा प्रतिष्पर्धा भएको थियो ।

आइतबार चौथो दिन दोस्रो चरणका बाँकी १२ टिमबिच प्रतिष्पर्धा भयो । उक्त प्रतिष्पर्धा पश्चात छानिएका १६ टिमबिच सेमिफाइनल प्रवेशका लागि प्रतिष्पर्धा भएको थियो । सोही प्रतिष्पर्धाबाट ७ टिम सेमिफाइनलमा प्रवेश गरेको २ टिमको प्रतिष्पर्धा बराबरीमा टुंगिएको सचिवालय व्यवस्थापन समितिका संयोजक शिवहरी ढुंगानाले बताए ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा आयोजना गरिएको यस प्रतियोगीतामा सहभागीता जनाउन देशभरबाट कुल ४८ टिमले नाम दर्ता गराएका थिए । यसरी नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगीतामा भाग लिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगीताको प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको थियोे ।

लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो । २००३ साल श्रावण १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो ।

१७ श्रावण २०७९, मंगलवार ०७:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा