Play

नेपाली कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

गुरुकुल खबर


नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त भएकी छन्  ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्

यस्तै सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् ।

कांग्रेसकी पूर्व कोषाध्यक्ष यादव पूर्व उपसभामुख समेत हुन् । उनी २०६२/६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभाको उपसभामुख थिइन् ।

सचेतक बनेका विश्वकर्मा अहिले पार्टीमा केन्द्रीय सदस्य छन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि सो पद रिक्त थियो ।

त्यस्तै पुष्पा भुसाल प्रतिनिधि सभा उपसभामुख नियुक्त भएपछि सचेतक पद पनि खाली भएको थियो ।

४ श्रावण २०७९, बुधबार १२:१० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा