Play

कास्की : असोजमा ५९ सवारी दुर्घटना, ११ को मृत्यु

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्लामा गत असोज महिनामा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । असोज महिनामा कास्की जिल्लामा ५९ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ७९ वटा सवारी साधन परेको थिए जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाको सङ्ख्या अघिल्ला महिनाका तुलनामा बढी हो ।

प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एबम प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले दिएको जानकारी अनुसार दुर्घटनाको विश्लेषण गर्दा तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेकोमा २० वटा दुर्घटना तिब्र गतिका कारण भएका छन् ।

गत असोज २३ गतेको दिन पोखरा -२८ कालिकामा स्थानीय कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाइते भएका थिए । “असोजमा अन्य महिनाका तुलनामा धेरै दुर्घटना भएको छ । विद्यालय बस दुर्घटनामा धेरै मानवीय क्षति भयो । यसका अलावामा अन्य साना दुर्घटनासमेत गत महिनामा बढी भए । चालकको लापरवाही र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ” पासवानले भने ।

यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण १० वटा, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण ५ वटा, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा सवारी दुर्घटना भएका छन् । यसैबीच प्रहरीले असोज महिनामा कास्की जिल्ला भित्र सवारी नियम उल्लङ्घन गर्ने ४ हजार ७८५ वटा सवारी साधनलाई कारबाही गर्दा रु ३९ लाख ९८ हजार ५ सय राजस्व सङ्कलन गरेको जनाएको छ ।

६ कार्तिक २०८३, शुक्रबार १०:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा