Play

तिब्बतमा भुकम्प : कम्तिमा १६ को मृत्यु, ३२ घाइते

गुरुकुल खबर


काठमाडौँ, तिब्बतमा गए राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएको समाचार छ। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतको दुर्गम क्षेत्रमा गएको भूकम्पका कारण मानवीय क्षति भएको हो।

भारतीय समयअनुसार बिहीबार राति ८ बजेर ३ मिनेटमा तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) को तथ्यांकमा उल्लेख भएअनुसार भूकम्पपछि पनि तिब्बतका विभिन्न क्षेत्रमा पटकपटक धक्का महसुस गरिएको थियो।

एनसीएसका अनुसार अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को राति १२ बजेर ५१ मिनेटसम्म तिब्बत, चीन र म्यानमारमा गरी १८ वटा भूकम्पीय घटना रेकर्ड भएकोमा तिब्बतमा १३, चीनमा चार र म्यानमारमा एउटा घटना रेकर्ड गरिएको जनाइएको छ।

७ म्याग्निच्युडको मुख्य भूकम्पपछि तिब्बतमा ५ म्याग्निच्युडदेखि ४.३ म्याग्निच्युडसम्मका विभिन्न धक्का महसुस गरिएको थियो। बिहीबार राति ८ बजेर ४२ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसपछि राति ९ बजेर ९ मिनेट र ९ बजेर १५ मिनेटमा पनि ५ म्याग्निच्युडका धक्का रेकर्ड गरिएका थिए। त्यस्तै, राति ११ बजेर ३६ मिनेटमा ४.८, ११ बजेर ५५ मिनेटमा ४.४ र शुक्रबार राति १२ बजेर १ मिनेटमा ४.३ म्याग्निच्युडका भूकम्प रेकर्ड भएको बुझिएको छ।

यस अगाडी २०८१ पुषमा पनि तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको थियो। सिन्ह्वाका अनुसार ६२ उक्त भूकम्पमा परि ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ ।  ६.८ म्याग्निच्युडको भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको छ ।

सीसीटीभीका अनुसार त्यसबेला भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ र २० किलोमिटर आसपासमा भने २ वटा सहर थिए । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका थिए ।

यसअघि सन् २००८ मा पनि चीनको सिचुवान प्रान्तमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ७० हजार जनाको मृत्यु भएको थियो । त्यस्तै नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्युडको गोरखा भूकम्पमा परी करिब ९ हजारको मृत्यु भएको थियो ।

६ कार्तिक २०८३, शुक्रबार १०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा