पोखरा, तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कर्पियोले एउटा ट्याक्सी र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन । तीनवटा सवारी साधन एक्कासी ठोकिंएर भएको दुर्घटनामा गाडीमा र स्कुटर क्षतिग्रस्त बनेका छन।
पोखरातर्फ आउंदै गरेको भारतीय नम्बरप्लेटको स्कर्पियोले विपरीत दिशाबाट आउँदै गरेको ट्याक्सी र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्सी चालकसहित दुई पुरुष, दुई महिला र एक बालिका गरी ट्याक्सीमा सवार पाँच जना तथा स्कुटरमा सवार एक महिला घाइते भएका छन्।

दुर्घटनास्थल र दुर्घटनाग्रस्त सवारी साधन देख्दा स्थानीय सर्वसाधारण समेत आश्चर्य चकित परेका थिए दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि अस्पताल लागिएको र दुर्घटनाको बारेमा आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।













