काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले यस बर्षको बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरू (९ जना कन्या) को विधिपूर्वक पूजाअर्चना गरेका छन । बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्रप्रमुखले नवकन्याहरुको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।
सोही परम्परा अनुरुप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार नवकन्याहरुको पूजाअर्चना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजाअर्चना गर्ने गरिन्छ । त्यस अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेको बुझिएको छ ।













