काठमाडौँ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । तत्काल उनी ठगी तथा विश्वासघात मुद्धामा दोषी छैनन् भन्ने नदेखिएको भन्दै पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शर्मालाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
शर्माविरुद्ध कर्जा अपचलन तथा विश्वासघात गरेको आरोपमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। तत्कालीन सनराइज बैंकमा बैंकको सीईओ रहेका बेला अन्जली इन्टरनेशनललाई कर्जा स्वीकृत गरेर ऋण नदिएको बरु उल्टै धितोचाहिं लिलाम गरेको प्रकरणमा उनीमाथि ठगी तथा विश्वासघातको मुद्धा दायर भएको थियो ।
शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार बनेका थिए । प्रहरीले खोजि गरेको थाहा पाएपछि काठमाडौँबाट पर्सा गएका थिए । केहि दिन लुकेपछि उनी अदालतमा हाजिर भएका थिए । त्यसपछि भएको थुनछेक बहसपछि अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
अदालतको यो निर्णयसंगै अव उनले बाहिर बसेर मुद्धा लड्न पाउने भएका छन् । यद्यपी यो मुद्धा अन्तिम किनारा नलागुन्जेल उनी निलम्बित रहनेछन् ।













