पोखरा, नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पेशागततर्फबाट निर्बाचित हुने ५ जना केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मत सहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौं स्थानमा निर्वाचित भएका छन्। यसैगरी पेशागत समूहको महिला खुला तर्फको दुई जनामा भने नेपाल प्रेस युनियनकी पुर्व उपाध्यक्ष बाला अधिकारी र डा. सीता पोखरेल घिमिरे केन्द्रीय सदस्यमा निर्बाचित भएका छन।
निर्बाचित ५ जनामध्ये सर्बाधिक मत पाउने केसी नुवाकोटका हुन। उनि नेपाल नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष एबम प्रजातान्त्रिक विचार समाजका पनि पुर्व अध्यक्ष हुन भने प्रा, डा. तनहुँका पोखरेल राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष हुन । निरौला नेपाल शिक्षक संघका पुर्व केन्द्रीय अध्यक्ष समेत हुन।
सोही क्लस्टरबाट उमेदवारी दिएका नेपाल पेस युनियनका अध्यक्ष शिब लम्साल र पुर्व अध्यक्ष समिर जंग शाह भने पराजित भएका छन। कास्कीबाट महाधिबेशन प्रतिनिधि बनेर सोही क्लस्टरबाट केन्द्रीय सदस्को उमेदवार बनेका ई. यमकृष्ण पौडेल र डा. विनायक पण्डितले पनि पराजय भोग्नुपरेको छ । डा. विनायक पण्डितले ३२९ र ई. यमकृष्ण पौडेलले ३०५ मत प्राप्त गरेका छन
अन्तिम मतपरिणामअनुसार शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरत राज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र ई. मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन्। त्यस्तै, ई. धनेन्द्र केसीले ८७५, ई. दीपेन्द्र क्षेत्रीले ८६८, गोपाल प्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मी किशोर सुवेदीले ४७८, धर्मानन्द जोशीले ४५४, शमिरजंग शाहले ४५७, सुवास अधिकारीले ४४६, बिनोद कुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत प्राप्त गरेका छन्।
यसैगरी ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्न प्रसाद गुप्ताले ३७४, ई. सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, ई. यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरि प्रसाद कार्कीले २७५, सुशील प्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन्।
यसैबीच नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यमा नेपाल प्रेस युनियनकी पूर्वउपाध्यक्ष समेत रहेकी ओखलढुंगाकी बाला अधिकारी निर्वाचित भएकी छन । पेशागत विषयगत क्षेत्रको महिला खुला समूहबाट उम्मेदवारी दिएकी अधिकारीले २ हजार १९४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन । पेशागत समुहबाटै खुलातर्फ पुरुषमा उम्मेद्वार रहनुभएका नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र पूर्वअध्यक्ष समिरजंग शाह भने पराजीत हुनुभएको छ ।
केही समयअघि मात्रै संस्थापनतिर लागेका डा. शेखर कोइराला निकट लम्साल र शेरबहादुर देउवा निकट शाह पराजीत हुँदा बिशेष महाधिवेशनको पक्षमा लागेकी अधिकारी केन्द्रीय सदस्यमा पुनः निर्वाचितभएकी छन । अधिकारी बिशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिईन ।
अधिकारी निर्वाचित भएको पेशागत समुहबाट डा. सीता पोखरेल घिमिरे २६ सय ५० मत प्राप्त गरी निर्वाचित भएकी छन। दुई पदका लागि भएको प्रतिस्पर्धामा अधिकारीले आर्किटेक्ट इन्जिनियर मेली शाहलाई सात मतले पराजित गर्दै जीत निकालना सफल भएकी हुन । शाहले २ हजार १८७, इन्जिनियर निर्मला लामा चन्दले २ हजार १४, अधिवक्ता रञ्जिता कार्कीले १ हजार ८३२ र सुधा रिजालले ७२८ मत प्राप्त गरेका छन ।
पत्रकारिता, प्राज्ञिक अध्ययन र राजनीतिमा सक्रिय अधिकारी नेपाल पत्रकार महासंघको निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत हुन। अधिकारीले नेपाली कांग्रेसको जिल्ला तहमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा काम गरिसकेकी छन ।















