Play

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको महाधिबेशन कार्तिकको दोश्रो साता पोखरामा हुने

गुरुकुल खबर


पोखरा, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को पाँचौ महाधिबेशन आगामी कार्तिक १३ र १४ गते पोखरामा हुने भएको छ। विश्वका बिभिन्न मुलुकमा कस्केलीहरुसंग सम्बन्धित राष्ट्रिय समिति बनेको र राष्ट्रिय समितिका प्रतिनिधिहरु सहितको महाधिबेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद बनाइएको हो।

सन २०२४ को डिसेम्बरमा सम्पन्न महाधिबेशनबाट अमेरिकामा बस्दै आएका पोखरा- १८ का सरांगकोटका शिब बानियाको नेतृत्वमा समिति बनेको थियो। हाल कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत ५४ जना संस्थापक र बिभिन्न मुलुकका ७ सय ४२ जना आजिबन सदस्य रहेको छन । यसपटक पोखरामा हुने महाधिबेशनमा विश्वका बिभिन्न २८ वटा मुलुकबाट कस्केलीहरुको सहभागिता रहने बुझिएको छ।

परिषदको कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुको साथै सल्लाहकारहरु समेतको उपस्थितिमा गरिएको जूम बैठकमा दिईएको जानकारी अनुसार महाधिबेशनमा बिभिन्न मुलुकमा रहेका कस्केलीहरुसंग सम्बन्धित संस्थाबाट १ सय भन्दा बढी कस्केली प्रतिनिधिहरुको सहभागिता रहने छ।

बैठकको अध्यक्षता गर्दै कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिब बाँनियाले आंफ्नो नेतृत्वको कार्यसमितिले दुई बर्षको अबधीमा संस्थागत विकास र कास्की जिल्लामा शैक्षिक, सामाजिक, धार्मिक क्षेत्रसंग सम्बन्धित बिभिन्न काम गरेको र जिल्लाका कतिपय असहाय र बिपन्न व्यक्तिहरुको लागि पनि सहयोग गर्दै आएको जानकारी दिए।

उनले अघिल्लो बर्ष दुबईमा कास्की समाजको अन्तराष्ट्रिय सम्मेलन गरिएको जानकारी दिंदै कास्की जिल्लाको समग्र बिकासको लागि बिभिन्न मुलुकमा रहेका कस्केलीहरुको लगानी सहित रचनात्मक सहयोग आबश्यक रहेकोले त्यसको लागि आबश्यक बातावरण तयार गर्न भूमिका खेल्दै आएको बताए।

महाधिबेशन सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरिएको बताइएको छ जसअनुसार कार्यक्रमको संयोजक सन्तोष तिमिल्सिना, ब्यबस्थापन संयोजक विश्वबन्धु थापा, अतिथि सत्कार समितिमा कान्ति तिमिल्सिना अधिकारी, पुजा गिरि र पुजा राज्यलक्ष्मी शाह, यातायात ब्यबस्थापन समितिमा बिकास अधिकारी र बिकास बराल, सांस्कृतिक समितिमा चोलेन्द्र पौडेल र संचार समन्वयमा गंगाधर पराजुली लगायतलाई राखिएको छ।

संस्थाका महासचिब केदार कुँवरले संस्थाको कार्यसमितिको दुई बर्षको कार्यकालमा कार्यसमितिका १८ वटा बैठक भएको जानकारी दिए। उनका अनुसार संस्थाको पहिलो अन्तराष्ट्रिय सम्मेलन गत बर्ष दुबईमा भएको र संस्थागत बिकाससंगै जिल्लामा शैक्षिक एबम अन्य सहयोग, आपतकालीन राहत जस्ता काम गर्दै आएको जानकारी दिए।

बैठकमा संस्थाका कोषाध्यक्ष बिकास अधिकारीले संस्थाको बैंक खातामा चालु कोषतर्फ १५ लाख ८३ हजार र शैक्षिक कोषतर्फ ११ लाख ३८ हजार गरि २७ लाख रुपैया भन्दा बढी मौज्दात रहेको जानकारी गराएका थिए। उनका अनुसार केहि व्यक्ति र राष्ट्रिय समितिको तर्फबाट संस्थाको कोषमा केहि रकम जम्मा हुन बाँकी छ ।

बैठकमा बोल्ने बक्ताहरुले महाधिबेशनलाई ब्यबस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्न आबश्यक तयारी भैरहेको जानकारी दिंदै महाधिबेशनले गर्ने निर्णयले विश्वका बिभिन्न मुलुकमा रहेका कस्केलीहरु र कास्की जिल्लाबासीहरुको अपनत्व हुने गरि बिभिन्न निर्णय गर्नुपर्नेमा जोड दिएका थिए। बैठकमा अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष एबम कार्यक्रम संयोजक सन्तोष तिमिल्सिना र कास्की समाज नेपालका निबर्तमान अध्यक्ष विश्वबन्धु थापा लगायतले पोखरामा भैरहेको महाधिबेशनको तयारीको बारेमा जानकारी गराएका थिए।

महाधिबेशनबाट नयाँ कार्यसमिति चयन गर्नको लागि बिमल सुबेदी, केदार ढुंगाना, कुलप्रसाद गुरुङ, सम्मर बहादुर बुढाथोकी सदस्य रहेको निर्बाचन समिति गठन गरिएको छ। ५ सदस्यीय समितिमा १ जना सदस्य मनोनयन हुन बाँकी रहेको बुझिएको छ यसका साथै संस्थाका संरक्षक विश्वराज बराल र चित्र सुबेदी र मनोज कुमार सैंजु सदस्य रहेको पर्यवेक्षण समिति समेत गठन गरिएको छ।

संस्थाका सल्लाहकार गंगाधर पराजुलीले आर्थिक र बार्षिक एबम सांगठनिक प्रतिबेदन एबम संस्थाका गतिबिधिहरु प्रभावकारी देखिएको भन्दै  संस्थाको साधारण सभा एबम महाधिबेशन सम्पन्न गर्न आबश्यक तयारी गर्नुपर्नेमा जोड दिएका थिए। उनले कास्की जिल्लाको आर्थिक एबम समग्र बिकास र स्वदेश र बिदेशमा रहेका कस्केलीहरुको हित हुने किसिमका काम गर्न कार्यसमितिलाई सुझाव दिए ।

बैठकमा संस्थाका उपाध्यक्ष प्रदिप अधिकारी, सचिब राजेश सुबेदी, संरक्षक तिलकशाली सापकोटा, डम्बरजंग गुरुङ, चोलेन्द्र पौडेल, अग्निराम देवकोटा, कृष्ण लामिछाने, शिवराज बस्ताकोटी, शिबकुमार श्रेष्ठ,अमृत बिश्वकर्मा, कान्ती तिमिल्सिना अधिकारी, दिपक थापा, श्रीराम रानाभाट, सुर्य तिवारी, प्रकाश बिश्वकर्मा लगायतले महाधिबेशनलाई प्रभावकारी र ब्यबस्थित रुपमा सम्पन्न गर्न र संस्थागत हितको लागि बिभिन्न सुझाब दिएका थिए ।

यसैबीच, पछिल्लो केहि महिनामा कास्की समाज अन्तर्गतका केहि राष्ट्रिय समितिमा भएको अधिबेशनबाट राष्ट्रिय समितिको कार्यसमिति परिवर्तन भएकोले अन्तराष्ट्रिय समन्वय परिषदको पदेन सदस्यहरु पनि परिवर्तन भएको जानकारी दिईएको थियो। राष्ट्रिय समितिको अध्यक्ष पदेन सदस्य रहने ब्यबस्था अनुसार कास्की आदर्श समाज नेपालका अध्यक्ष पुजा गिरी, कास्की समाज अमेरिकाको अध्यक्ष कृष्णप्रसाद लामिछानेलाई पदेन सदस्यको रुपमा बैठकमा सहभागी गराइएको थियो

यसैगरी कास्की समाज दक्षिण कोरियाको अध्यक्षमा कपिल अधिकारी, कास्की आदर्श समाज कतारको अध्यक्षमा अमृत विश्वकर्मा र कास्की आदर्श समाज यूएईको अध्यक्षमा याम बहादुर (श्रीराम) रानाभाटलाई संस्थाको पदेन सदस्य रुपमा बैठकमा सहभागी गराइएको जानकारी महासचिब केदार कुँवरले जानकारी गराए।

यसका साथै उल्लिखित मुलुकमा रहेका कास्की समाजका निबर्तमान अध्यक्षहरु अमेरिकाका डम्बर जंग गुरुङ, कोरियाका सन्तोष गुरुङ, कतारका अग्निधर देवकोटा नेपालका विश्वबन्धु थापा र यूएईका शिवराज बस्ताकोटी पनि बुधवार बैठकमा सहभागी भएर आआफ्नो सुझाब दिएका थिए।

२८ आश्विन २०८३, बुधबार २३:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा