पोखरा, नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सम्पन्न कास्की क्षेत्र नम्बर ३ कोअधिबेशनले क्षेत्रिय सभापतिमा प्रकाश बराललाई निर्बाचित गरेको छ । गण्डकी प्रदेशसभा सदस्य र नेपाली काँग्रेसको प्रमुख सचेतक समेत रहेका बरालले आंफ्ना प्रतिस्पर्धी विष्णुबहादुर क्षेत्रीलाई पराजित गर्दै सभापतिमा निर्बाचित भएका हुन्। बरालले ५६० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी विष्णुबहादुर क्षेत्रीले ४०६ मत मात्र प्राप्त गरेका थिए।
क्षेत्रिय समितिको सचिव पदमा शितल अधिकारीले ५०२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी महेशकुमार तिमिल्सिनाले ४०९ मत प्राप्त गरेका थिए । सोही क्षेत्रको सहसचिव महिलातर्फ सरिता केसी भट्टराईले ६६९ मत पाएर विजयी बन्दा उनकी प्रतिद्वन्दी उमा भूर्त्यालले ३०४ मत मात्र पाएकी छन।
प्रदेशमा तामांग र गुरुङ
कास्की–३ (क) को सभापतिमा मेखलाल तामाङ र (ख) को सभापतिमा विजय गुरुङ निर्वाचित भएका छन्। प्रदेश र क्षेत्रिय कार्यसमितिको गएराति सम्पन्न मतगणनाको मतपरिणामअनुसार सभापति पदमा मेखलाल तामाङ निर्वाचित भएका छन्। तामाङले २५२ मत प्राप्त गरेका थिए भने उनका प्रतिष्पर्धी शिवप्रसाद तिमिल्सिना तिमिल्सिनाले १८२ मत प्राप्त गरेका थिए तिमिल्सिना पोखरा -१८ का वडाध्यक्ष समेत हुन।
उक्त प्रदेशको सचिव पदमा मधुसूदन अधिकारी निर्वाचित भएका छन्। अधिकारीले २८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्निप्रसाद भुसालले १३० मत पाए।
कास्कीको निर्बाचन क्षेत्र ३ (ख) को सभापतिमा विजय गुरुङ निर्बाचित भएका छन। मतपरिणामअनुसार सभापति पदमा विजय भएका गुरुङले २९८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लक्ष्मीप्रसाद पौडेलले १८२ मत मात्र पाएका छन्। उक्त प्रदेशको सचिव पदमा चन्द्रेश्वर बस्ताकोटी निर्वाचित भएका छन्। उनले २७९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाश न्यौपानेले १८२ मत प्राप्त गरे।
निर्बाचित क्षेत्रिय सभापति बराल र प्रदेश ख का सभापति गुरुङ युवराज कुँवरको गुटको हुन् भने प्रदेश क बाट निर्बाचित सभापति मेख तामांग भने मनोज गुरुङको गुटबाट उमेदवार हुन।


Screenshot














