Play

कांग्रेसका युवा कार्कीको प्रश्न: पुरानो शैली र गुटगत अभ्यासलाई निरन्तरता दिने कि नयाँ विचार र क्षमतालाई ?

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा तहदेखि सुरु भएको अधिवेशन प्रक्रियालाई लिएर कांग्रेसमा सक्रिय युवा मौसम कार्कीले प्रश्न उठाएका छन्। माछापुच्छ्रे गाउँपालिकाका कार्कीले वडा तहदेखि नै पार्टीभित्र देखिएका बेथिति, समूहगत प्रभाव, पुरानो कार्यशैली र नेतृत्व चयनको परम्परागत अभ्यासबारेमा प्रश्न उठाएका हुन।

उनले पार्टीलाई समयअनुकूल बनाउन पुरानै समूहगत शैली र सीमित व्यक्तिको प्रभावभन्दा माथि उठेर विचार, क्षमता, योजना, योगदान र संगठनप्रतिको प्रतिबद्धताका आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन्। कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पछिल्लो अभिव्यक्तिमा नातावाद, कृपावाद तथा समूहगत राजनीतिमाथि प्रश्न उठाउँदै पार्टीभित्र कसैको निकटता वा व्यक्तिगत सम्बन्धका आधारमा मूल्याङ्कन गर्ने प्रवृत्तिको विरोध गरेका छन्।

उनले पुरानै सोच र कार्यशैली दोहोर्याउने प्रवृत्तिमाथि प्रश्न गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणीसमेत गरेका छन्। उनको जोड भने खुला प्रतिस्पर्धा र नयाँ पुस्ताको नेतृत्वमा छ। कार्कीले पार्टीका नेतृत्वकर्तालाई लक्षित गर्दै क्षमतावान भए समूहको आडमा नभई सबैका अगाडि आफ्ना विचार, योजना र दृष्टिकोण प्रस्तुत गरेर प्रतिस्पर्धा गर्नुपर्ने धारणा अघि सारेका छन्।

कार्कीले हरेक अधिवेशन केवल पद र नेतृत्व बाँडफाँडको प्रक्रिया नभई पार्टीको आगामी दिशा तय गर्ने अवसर बन्नुपर्ने बताउँदै पार्टीभित्र लामो समयदेखि उठ्दै आएको पुस्तान्तरण, नयाँ नेतृत्व र संगठनात्मक सुधारको बहससँग जोडिने उल्लेख गरेका छन। कार्कीले आफूले वडा तहदेखि नै उठाउँदै आएको प्रश्न अहिले पालिका, क्षेत्र र जिल्ला तहसम्मको नेतृत्व चयनको क्रममा पनि निरन्तर उठाइरहेको बताएका छन्।

उनका अनुसार युवा पुस्तालाई केवल समर्थक वा कार्यकर्ताको भूमिकामा सीमित नराखी निर्णय र नेतृत्व तहमा समेत अर्थपूर्ण जिम्मेवारी दिनुपर्ने आवश्यकता छ। पुरानै शैली र गुटगत अभ्यासलाई निरन्तरता दिने कि विचार, क्षमता र नयाँ पुस्ताको सहभागितामार्फत संगठनलाई नयाँ दिशामा लैजाने ? यही प्रश्न अहिलेको नेतृत्व चयन प्रक्रियासँग जोडिएको छ।

१२ आश्विन २०८३, सोमबार ००:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा