Play

भोटेकोशीको बाढी: १ हजार २९४ को शव भेटियो, ५ हजार बढी बेपत्ता

गुरुकुल खबर


पोखरा, भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण मृत्यु भएकाहरुमध्ये हालसम्म १ हजार २ सय ९४ जनाको शव भेटिएको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका मध्ये १ हजार २ सय ९४ जनाको शव भेटिएको जनाएको हो।

बाढीका कारण हालसम्म ५ हजार ५३ जना बेपत्ता रहेको जानकारी प्राप्त भएको र हालसम्म १३ हजार ९५ जनाको उद्दार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए। उनले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४ हजार ६२७ जना बाढी प्रभावितहरु आश्रयमा रहेको जानकारी दिए।

बाढीका कारण ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२ हजार ९३३ जनसंख्या प्रभावित भएको प्रारम्भीक आंकलन गरिएको उनले जानकारी दिए। त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीका कारण ५५ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारी दिए।

त्यस्तै १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने आकलन गरिएको प्राधिकरणले जानकारी दिएको छ। बाढीका कारण ३ जलविद्युत आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति हुँदा ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको समेत प्राधिकरणले जनाएको छ।

१९ भाद्र २०८३, शुक्रबार १९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा