Play

सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि महायज्ञ जारी, तीन दिनमा एक करोड बढी संकलन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तेश्रो दिनसम्ममा १ करोड ५ लाख रुपैंया दान संकलन भएको छ। महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा तेस्रो दिन थप २० लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ संकलन समितिका संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए।

तेस्रो दिन श्रीकृष्ण जन्माष्टमीसमेत परेकाले महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। तेस्रो दिन राजेश कुमार/गंगा कार्कीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, लोकनाथ शर्मा र सूर्यबहादुर कुँवरबाट जनही ५५ हजार ५ सय ५५ रुपैयाँ, सुमित्रा देवी खत्रीबाट ५१ हजार ५ सय ५५ रुपैयाँ, विश्वराज कोइराला (भगवान) बाट ५१ हजार १ सय ५१ रुपैयाँ तथा द्रोणबन्धु भुर्त्याल/गीता भुर्त्यालबाट ५१ हजार १ सय १७ रुपैयाँ दान स्वरूप प्राप्त भएको थियो ।

यसैगरी रामेश्वर ढुंगानाबाट ३० हजार ५ सय ३५ रुपैयाँ, गोविन्द/सुमित्रा केसी, नमूना आदर्श आमा समूह र झलकनाथ/नानुमाया आचार्यबाट जनही २५ हजार ५ सय ५५ रुपैयाँ, शिवप्रसाद/पवित्रा वाग्ले र डा. गोविन्दराज/बालकुमारी पाण्डेबाट जनही २५ हजार ५ सय २५ रुपैयाँ तथा इन्द्रप्रसाद पराजुलीबाट २५ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको आयोजकको भनाई छ।

यसअघि मन्दिरको संरक्षकका परिवारका सदस्यहरु सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाबाट ३५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीसहित श्रीराम, शम्भु, पुरुषोत्तम र विश्वनाथ पराजुलीबाट १० लाख ६ हजार रुपैयाँ तथा कार्यसमिति, व्यवस्थापन समिति र शुभेच्छुकबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

महायज्ञको तेस्रो दिन प्रा डा भोजराज न्यौपाने प्रमुख अतिथि रहेका थिए भने महायज्ञको प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल रहेका थिए।
भदौ २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा संगीतमय श्रीमद्भागवत कथा, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रम भइरहेका छन्। महायज्ञबाट संकलित रकम मन्दिर पुनःनिर्माणमा प्रयोग गरिनेछ भने केही रकम बाढीपीडित राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।

मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको आकर्षक शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। स्थानीय लिलाधर कोइरालाले करिब ९२ वर्षअघि मन्दिर स्थापना गरेका थिए।

१९ भाद्र २०८३, शुक्रबार १९:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा