Play

पोखराको फेवातालमा भारतीय नम्बरप्लेटको गाडी खस्यो, दुईजनाको मृत्यु – दुईजनाको सकुशल उद्वार

गुरुकुल खबर


पोखरा, पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको एउटा सवारीसाधन खसेर भएको दुर्घटनमा दुई जनाको मृत्यु भएको र दुई जनाको जीवितै उद्धार गरिएको छ । आज बिहान करिब ५ बजे पोखराको गैराचौतारा नजिकको घुम्ती सडकमा सेदी तर्फबाट पोखराको लेकसाइड तर्फ आउंदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परि मृत्यु हुनेमा भारतको बिहार प्रदेशका २६ बर्षीय नवदीप कुमार यादव रहेको र उनको पहिचान आधार कार्डका आधारमा खुलेको हो । अर्का एक अन्दाजी ४०-४५ वर्षका पुरुषको पनि मृत्यु भएको छ । उनको नाम र ठेगाना भने खुल्न सकेको छैन । चिकित्सकले बिहान करिवब साढे ६  बजे उनीहरु दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराईबाट दुई जनालाई अचेत अवस्थामा फेला पारेको थियो । सशस्त्र प्रहरीका जवान जनक बुढा र देवराज खनालले उनीहरुलाई फेवाताल भित्रबाट निकालेका हुन् । उनीहरुलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएका २७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादवको अवस्था खतरामुक्त रहेको छ । उनीहरु दुवै भारत बिहारको रक्सोलका बासिन्दा हुन् । उनीहरु अहिले बोल्न सक्ने अवस्थामा रहेको र गण्डकी मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बहादुर बोगटीको नेतृत्वमा १५ जनाको टोली, सशस्त्र प्रहरी बल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली घटनास्थल पुगेको थियो । उक्त टोलीमा ६ जना गोताखोर र ७ जना विपद् व्यवस्थापन विज्ञ सहभागी थिए ।

सशस्त्र प्रहरीको टोली बिहान सवा ५ बजेतिर घटनास्थल पुगेर उद्धारमा जुटेको थियो तालमा खसेको कारलाई बिहान सवा ६ बजे क्रेनको सहयोगमा बाहिर निकालेको र अहिले उक्त कारलाई वडा प्रहरी कार्यालय बैदामको हातामा ल्याएर राखिएको छ ।

१९ भाद्र २०८३, शुक्रबार ०८:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा