पोखरा, पोखरा महानगरपालिका -१८ भकुन्डेस्थित शान्त माध्यमिक बिधालय र पोखरा -१८ सराँगकोटस्थित जनजागृत माबिमा खेलकुदसंग सम्बन्धित केहि सामग्री प्रदान गरिएको छ। बिधालयमा अध्ययनरत बिधार्थीहरुलाई खेल्नको बिधालयमा खेल्नको लागी आबश्यक पर्ने भलिबल, फुटबल, नेट र चेस रहेका छन ।
पोखरा -१८ का महेश तिमिल्सिनाको पहलमा संकलित ति खेलकुद सामग्रीहरु सम्बन्धित बिधालयमा पुगेर हस्तान्तरण गरिएको थियो। शान्त माध्यामिक बिधालयमा करिब ५ सय बिधार्थी अध्ययनरत छन भने जनजागृत माबिमा करिब २ सय बिधार्थी अध्ययनरत छन।
शान्त माध्यामिक बिधालयमा सोही प्रधानाध्यापक कृष्णप्रसाद तिमिल्सिना र बिधालय ब्यबस्थापन समितिका सदस्य यामप्रसाद तिमिल्स्निना समेतलाई तथा जनजागृत माबिमा पुगेर सोही बिधालयका प्रधानाध्यापक यामबहादुर थापा लगायत अन्य शिक्षकहरुलाई ति सामग्री हस्तान्तरण गरिएको थियो ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति एबम सामाजिक तथा राजनीतिक व्यक्तित्व गंगाधर पराजुली, पोखराका अग्रज पत्रकार एबम राजनीतिकर्मी राजबहादुर गुरुङ र ब्यबसायी समेत रहेका महेश तिमिल्सिनाले ति सामग्री हस्तान्तरण गरेका थिए ।
त्यस अबसरमा अग्रज पत्रकार गंगाधर पराजुलीले ति बिधालयको कक्षा ९ र १० मा अध्ययनरत बिधार्थीहरुसंग पत्रकारिता, समाचार लेखन र संचारमाध्यमको बारेमा जानकारीमुलक प्रस्तुती समेत दिएका थिए।
















