पोखरा, पोखरामा संचालित गण्डकी मेडिकल कलेज (जिएमसी) ले भोटेकोशीमा आएको बाढीका कारण पीडित बनेकाहारको उद्धार र राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । कलेजले प्रधानमन्त्री राहत कोषमा सो रकम प्रदान गरेको हो । देशमा आइलागेको प्राकृतिक विपद्को कठिन समयलाई ध्यान दिँदै कलेजले यो आर्थिक सहायता दिएको जनाएको छ ।
जिएमसीका सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सिएफओ राजु बस्नेतले अर्थ मन्त्रालय पुगेर सहयोग रकम हस्तान्तरण गरे । उनीहरुले अर्थमन्त्रीलाई भेटी २५ लाख रुपैयाँको चेक बुझाएका हुन् । कलेजले विपद्को यो घडीमा देश र जनताप्रतिको सामाजिक उत्तरदायित्व आत्मसात् गर्दै सहयोग जारी राख्ने जनाएको छ ।
कलेजले बाढीपीडितको स्वास्थ्य उपचारमा पनि विशेष व्यवस्था गरेको र बाढी प्रभावित क्षेत्रबाट आएका बिरामीको गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निःशुल्क उपचार गरिने जानकारी अध्यक्ष खुमाप्रसाद अर्यालले दिए ।

यसैगरी अर्याल नै अध्यक्ष रहेको शर्मा एण्ड कम्पनि र संजीवनी ग्रुप अफ कम्पनीका संचालक खुमा प्रसाद अर्यालले १ करोड ५१ लाख रुपिया प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा जम्मा गरिसकेको जनाएका छन ।
पोखराको बुद्ध बिशाल बजार एसोसिअसनमा आबद्द व्यवसायीले रसुवाका बाढीपीडितका लागि ६० लाख रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गरेको जनाएका छन । संकलन गरिएको लत्ताकपडा व्यवसायीले पोखरा महानगरपालिकामार्फत रसुवाका प्रभावित क्षेत्रमा पुर्याइनेछ।

एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरले मानवीय सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको बताए । उनले व्यवसायीले आफ्नो तर्फबाट स्वतःस्फूर्त रुपमा सामग्री जुटाएको जानकारी दिए ।
यसैगरी कर सहयोगी श्रमिक संगठन–नेपाल संयुक्त जिल्ला कार्यसमिति कास्कीले पनि रसुवाको भोटेकोशी बाढीपीडितको सहयोगार्थ १ लाख १ हजार १११ रुपैयाँ प्रदान गरेको छ । संस्थाले बुधबार साँझ आफ्नो २० औँ स्थापना दिवसका अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम संकलन गरेको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद पौडेल कास्की जिल्ला अध्यक्ष दिवाकर कुमार कर्ण र केन्द्रीय उपाध्यक्ष शंकर ढुंगाना लगायतले आआंफ्नो भनाई राखेका थिए














