Play

बाढ़ी पिडितको सहयोगार्थ प्रतिभा माबि, अटोवेज प्रालि र गोबिन्द-कलावती फाउन्डेसनको ४१ लाख बढी सहयोग

गुरुकुल खबर


पोखरा, यहि भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीबाट पिडितको उद्धार, राहतका लागि पोखराका व्यवसायी नारायणप्रसाद पौडेल संलग्न तीनवटा प्रतिष्ठानले ४१ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कोषमा जम्मा गरेका छन ।

पौडेल सम्बद्ध अटोवेज प्रा.लि, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द-कलावती फाउन्डेसनले संयुक्त रुपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बुझिएको छ। पौडेलले नेपाल सरकारका अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकम जम्मा गरेको जानकारी पत्रसहित चेकको नमुना हस्तान्तरण गरेका थिए ।

उल्लिखित रकममध्ये अटोवेज प्रा.लि. परिवार र भारतको बुल मसिन्स प्रा.लि.ले २५ लाख रुपैयाँ, पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुबाट संकलित ११ लाख ११ हजार १११ रुपैयाँ र गोविन्द-कलावती फाउन्डेसनले ५ लाख रुपैयाँ सहयोग गरेको ब्यबसायी पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

विपद्को यस घडीमा पीडित नागरिकलाई साथ दिनु निजी क्षेत्र र सामाजिक संस्थाहरुको कर्तव्य भएको प्रतिभा माध्यमिक विद्यालयका अध्यक्ष समेत रहेका पौडेलले बताए । ‘यो निकै कठिन र पीडादायी अवस्था हो, यस्तो बेला केवल सहयोग मात्र नभई हाम्रो मानवीय दायित्व पनि जोडिएको छ,’ उनले भने । उनले देश दुखेका बेला एक अर्कालाई साथ दिनु नै सबैभन्दा ठूलो धर्म भएको बताए ।

१६ भाद्र २०८३, मंगलवार १७:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा