Play

गण्डकीका नागरिकलाई प्रदेश सरकारको राहत: मृतकका आंफन्तलाई १ लाख, घाईतेलाई ५० हजार र क्रिया खर्चबापत २५ हजार

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढीमा परेर ज्यान गुमाएका र सम्पर्कविहीन बनेका नागरिकका परिवार तथा आफन्तलाई १ लाख रुपैया राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने घोषणालाई बैठकले अनुमोदन गरेको छ ।

यसका साथै विभिन्न अस्पतालमा उपचार गराइरहेका गण्डकी प्रदेशका घाइतेहरुलाई ५०/५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने र गण्डकी प्रदेशका नागरिकको मृत्यु भएकोमा उनीहरुको क्रिया खर्चवापत प्रति मृतक २५ हजार रुपैया उपलब्ध गराउने निर्णय पनि गण्डकी प्रदेश सरकारले गरेको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका सरकारका प्रबक्ता जितबहादुर शेरचनका अनुसार बाढीका कारण प्रदेशका नागरिक प्रभावित भएपछि प्रदेश सरकारले तत्काल राहत र उद्धारलाई प्राथमिकतामा राखेर यो कदम चालेको हो ।

बाढी प्रभावित क्षेत्रमा बाटो अवरुद्ध भएका कारण घाइते तथा बिरामी परेर हवाईमार्गबाट पोखरा आएका नागरिकलाई घरसम्म ल्याउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत कृष्णभीर लगायतका ठाउँमा सडक अवरुद्ध भएपछि हवाई मार्गबाट पोखरा आएका बिरामीलाई घरसम्म ल्याउने व्यवस्था पनि सरकारले गरेको मन्त्री शेरचनले बताए  ।

१६ भाद्र २०८३, मंगलवार ०८:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा