Play

गोगन माबिलाई २३ लाख ५२ हजार रुपैयाँ सहयोग, बिधालय हातामा दाता बस्नेतको शालिक राखिने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यलायले यस अगाडी गरिएको प्रतिबद्दता अनुरुप २३ लाख ५२ हजार ४ सय रुपैयाँ संकलन गरेको छ। २०६६ फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महायज्ञका क्रममा शिक्षासेवी स्व.भक्तबहादुर बस्नेतले बोलकबोल गर्नुभएको २५ लाख ५५ हजार ५५५ रुपैयाँ मध्येको बाँकी रहेको २३ लाख ५२ हजार ४ सय रुपैयाँ बस्नेतका परिवारले विद्यालयमा बुधबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेका थिए ।

स्व. बस्नेत विद्यालयको स्थापनाकाल अर्थात २०२५ भदौ १६ गतेदेखि २०३१ असोज २१ गतेसम्म विद्यालय सञ्चालन सहयोग समितिको सचिवका साथै २०३१ असोज २१ गतेदेखि २०५४ भदौ २५ गतेसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा रहेका थिए । त्यसपछि पनि उनले विद्यालयको मानार्थ अध्यक्ष एवम् सम्मानित सल्लाहकारको भूमिकामा रहेर महत्वपूर्ण योगदान दिएको विद्यालयले जनाएको छ । उक्त अबसरमा दिईएको जानकारी अनुसार विद्यालय परिसरमा स्व.भक्तबहादुर बस्नेतको सालिक परिवारले स्थापना गर्ने भएका छन ।

स्व.भक्तबहादुर बस्नेतका परिवारजनका तर्फबाट उनकी धर्मपत्नी चिनुमाया बस्नेत सहित छोरा, बुहारीहरूको संयुक्त उपस्थितिमा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक न्यौपानेको अध्यक्षता एवम् पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा परिवारजनका तर्फबाट कृष्ण बस्नेतले आफ्नो परिवार सदैव विद्यालयको सहयोगका लागि तत्पर रहेको बताए । कार्यक्रममा सहायक प्रधानाध्यापक चन्द्रमाया थापा, पूर्व प्रधानाध्यापक डम्बरप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू प्रकाशचन्द्र पागल, शंकरबहादुर केसी, खेमराज अधिकारी, खड्गबहादुर बस्नेत, पूर्व जिल्ला शिक्षा अधिकारी एवम् वडा शिक्षा अनुगमन समितिका संयोजक नगेन्द्रप्रसाद रेग्मी, शिक्षासेवी गणेशबहादुर खत्री लगायतले आआफ्नो भनाई राखेका थिए ।

१० भाद्र २०८३, बुधबार १९:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा