Play

एनप्याब्सनमा आबद्द विद्यालयका लेखापाललाई लेखाप्रणाली र नयाँ करसम्बन्धी अभिमुखीकरण

गुरुकुल खबर


पोखरा, डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका लेखापालहरूका लागि लेखा प्रणाली तथा नयाँ करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेशनल प्याब्सन कास्कीमा आवद्ध विद्यालयको लेखा प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेशनल प्याब्सन कास्कीमा आवद्ध विद्यालयका संस्थापक, प्राचार्य तथा लेखापालको सहभागिता रहेको नेशनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए । कार्यक्रममा सीए पदम बन्धु पोखरेल, डाइनामिक टेक्नोसफ्ट प्रा.लि.का म्यानेजर दुर्गाप्रसाद अधिकारी तथा प्रतिक पौडेलले सहजीकरण गरेका थिए।

उनीहरूले विद्यालयमा लेखा व्यवस्थापनका आधुनिक प्रणाली, नयाँ करसम्बन्धी व्यवस्था तथा त्यसको व्यावहारिक प्रयोगका विषयमा सहभागी लेखापालहरूलाई जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले विद्यालयको लेखा प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले आर्थिक कारोबारलाई व्यवस्थित बनाउन सूचना प्रविधिको प्रयोग, लेखा अभिलेखको उचित व्यवस्थापन तथा प्रचलित करसम्बन्धी कानुनी व्यवस्थाको पालना आवश्यक रहेको बताएका थिए । कार्यक्रमले विद्यालयको आर्थिक प्रशासनलाई थप व्यवस्थित बनाउन तथा लेखापालहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको अधिकारीले बताए ।

८ भाद्र २०८३, सोमबार ०७:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा