पोखरा, कास्कीको पोखरा महानगरपालिका वडा नं.९ मा पर्ने शान्तीबन, रामघाटस्थित सेतीनदीको भिरमा अड्किएको एक युवालाई प्रहरीले उद्द्वार गरेको छ। ति युवा बुटवल घर भएप[अनि पछिल्लो समय पोखराको पृथ्वीचोक बस्ने अनिल परियार रहेको बुझिएको छ।
करिब ३० बर्षको एक पुरुष सेतीनदीको भिरमा करिब २५/३० मिटर तल खसेर अड्किएको अबस्थामा रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले ति युवाको उद्वार गरेको थियो ।

उक्त स्थानबाट उद्वार गरेपछि निजलाई उपचारको लागि पस्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा पठाइएको प्रहरीले जनाएको छ।
भिरमा अड्किएको अबस्थामा उद्वार गरिएका व्यक्ति रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ९ घर भई हाल पोखरा महानगर पालिका वडा नं. ९ पृथ्बीचोक बस्ने २८ बर्षीय अनिल परियार रहेको प्रहरीले जनाएको छ। अस्पतालमा उपचार पश्चात उनि बोल्न सक्ने र स्वास्थ्य अबस्ठा पनि मध्यम रहेको प्रहरीको भनाइ छ।
















