Play

विजयपुर खोलाले बगाएका दुवै युवाको शव भेटियो, सुरक्षाकर्मीको खोजी अभियान पनि टुंगियो

गुरुकुल खबर


पोखरा, पोखराको विजयपुर खोलाले पोखरा -२६ र पोखरा -१४ को बिचबाट बगाएर बेपत्ता भएका १५ वर्षीय ओमन राईको शव बुधबार फेला परेको छ । राईको शव तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदी किनारमा भेटिएको हो । सोहि ठाउँमा माछा मार्न गएका बिनोद बिक र बिशाल बिकले खोला छेउमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

राईसंगै खोलाले बगाएर बेपत्ता भएका पोखरा -१४ बस्ने निक्सन गुरुङको शव भने मंगलवार खोलाको छेउमा भेटिएको थियो।  गत साउन ३० गते दिउँसो विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो ।

खोटाङ स्थायी घर भई पोखरा–१४ चाउथे बस्ने ओमन राईको शव उनकी आमाले पहिचान गरेकी छन् । शवलाई पोस्टमार्टमका लागि बुधबार बेलुका पोखरास्थित गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अस्पतालमा ल्याएर राखिएको छ । ओमनको शव ६ दिनपछि फेला परेसँगै सुरक्षाकर्मीहरुले झन्डै एकसाता देखि शुरु गरेको खोजी अभियान टुंगिएको छ ।

ओमनसँगै बेपत्ता भएका स्याङ्जाका १४ वर्षीय निक्सन गुरुङको शव भने यसअघि भदौ २ गते नै फेला परिसकेको थियो । निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि खोला छेउमा अड्किएको अवस्थामा भेटिएको थियो ।

बालकहरु बेपत्ता भएदेखि नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली खोजीमा खटिएको थियो । सशस्त्र प्रहरी बलको नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोर र रोप रेस्क्यु टोली परिचालन गरिएको थियो ।

खोजी कार्यमा नेपाली सेनाको कृष्णदल गणका क्याप्टेन उमंग श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रराज पासवानको टोली पनि संलग्न थियो । सुरक्षाकर्मीले एक्साभेटर र डोरीको सहायताले खोजी कार्य जारी राखेका थिए ।

३ भाद्र २०८३, बुधबार २२:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा