पोखरा, लायन्स क्लव अफ साझा चौतारीद्धारा आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ । बर्षायाममा पोखरामा रगतको अभाव हुने सम्भावना देखिएपछि रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
साझा चौतारी लायन्स क्लवको रक्तदान विभाग प्रमुख मिनवहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै ‘रक्तदान जीवनदान, जीवनदान महादान’ बाट प्रेरित भएर लायन्स क्लवहरुले रक्तदान कार्यक्रम गर्दै आएको बताए ।
पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवा वर्गलाई प्रेरित गर्नुपर्ने बताइन ।
क्लवका अध्यक्ष सिता काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर मन्दिरका अध्यक्ष नरेन्द्र शर्मा भण्डारी, दुर्गा कुमारी आचार्य, लक्ष्मी शर्मा लगायतले रक्तदानको महत्वका बारेमा चर्चा गरेका थिए ।
















