Play

निजि क्षेत्रसंग सहकार्य गर्दै पर्यटन प्रबर्द्दनको पहल गर्ने पर्यटन बोर्डका सदस्य पोखरेलको प्रतिबद्दता

गुरुकुल खबर


पोखरा, नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउन पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले पर्यटन क्षेत्रका साझा समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नुपर्ने बताए । पोखरेलले सबै पर्यटन सम्बद्ध संघसंस्था बीच एकीकृत प्रयास आवश्यक रहेको बताए ।

उनले पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाले देखाएको अपनत्वले थप जिम्मेवार बनाएको बताए । पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिकताका साथ उठाउने उनको भनाई थियो । नेपाल पर्यटन बोर्डको मूल भूमिका अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्नु रहेको उल्लेख गर्दै उनले पूर्वाधार निर्माणभन्दा पर्यटक भित्र्याउने अभियान, अन्तर्राष्ट्रिय प्रचार–प्रसार र स्रोत बजारमा नेपालको उपस्थिति विस्तारमा केन्द्रित हुने बताए ।

पोखरेलले नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक भित्र्याउनु नै अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पोखराबाट विभिन्न संस्थाले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नुको सट्टा साझा अवधारणा सहित अन्तर्राष्ट्रिय बजारमा जान सके अझ प्रभावकारी परिणाम प्राप्त हुने उल्लेख गरे ।

उनले सरकारले पर्यटन प्रबर्द्दनलाई प्राथमिकतामा राखेर विदेशी ब्लगर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराउने रणनीतिमा काम गरिरहेको जानकारी दिए । पोखरालाई ‘वेलनेस टुरिजम’को गन्तव्यका रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले यससम्बन्धी योजना र परियोजना निजी क्षेत्रबाट आए नेपाल पर्यटन बोर्डमार्फत आवश्यक सहजीकरण गरिने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्राउन अन्तराष्ट्रियस्तरमा कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए । उनले पोखराबाट दुबई उडान हुन लागेका कारण त्यसको पनि सबै जनाले प्रचार प्रसार गर्नु पर्ने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, परिषद्का महासचिब जीवन सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । पछिल्लो समय नेपाल पर्यटन बोर्डले पर्यटन प्रर्वद्धन भन्दा पनि पुर्वाधार निमार्णमा लागेको भन्दै व्यवसायीले आलोचना गरेका थिए ।

९ श्रावण २०८३, शनिबार २२:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा