Play

प्रदेश सरकारमा एमाले र नेकपाबीच सहकार्य गर्ने सहमति, गण्डकी र मधेशबाहेक पांच प्रदेशमा नेतृत्व टुंगियो

गुरुकुल खबर


काठमाडौँ, मुलुकका दुई प्रमुख बामपन्थी शक्ति नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ । प्रदेश सरकारमा नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य जारी रहेकोमा कांग्रेसलाई बाहिर पार्दै एमाले र नेकपाको बिचमा प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको हो

गण्डकी प्रदेश र मधेश प्रदेशमा एमाले र नेकपा मिल्दा पनि सरकार बनाउन कठिन रहेको कारण ति दुई प्रदेश बाहेक पाँचवटा प्रदेशमा सहकार्य गर्ने सहमति भएको छ प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमतिपत्रमा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ ।  यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।

बजेट निर्माणका क्रममा प्रदेशसभामा देखिएका असमझदारी, बजेट विनियोजनको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यसहित सहमति गरिएको कुरा सहमतिपत्रमा उल्लेख गरिएको छ।

यो सहमति संगै नेपाली काँग्रेस बागमती, सुदुर पश्चिम, कोशी, कर्णाली र लुम्बिनी प्रदेशमा सरकारबाट पूर्णता बाहिरिनुपर्ने अबस्था सृजना भएको छ गण्डकी प्रदेशमा राप्रपाले बामपन्थी पार्टीको गठबन्धनलाई साथ दिएमा मात्र कांग्रेस नेतृत्वको सरकारको सत्तामा अर्को सरकार बन्न सक्ने अबस्था रहेको छ।

९ श्रावण २०८३, शनिबार १८:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा