Play

हिमाली गुरुङ परिवारको सडक दौडमा क्रबाजी सिङ्दी तमु समाजको दबदबा, पुरुषमा रमेश र महिलामा ननिता बिजयी

गुरुकुल खबर


पोखरा, हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाजले व्यक्तिगत तथा समुहगत दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा बिजय प्राप्त गरेको छ।

पुरुषतर्फको १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाजका रमेश गुरुङले निर्धारित दूरी ३५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। सोही समाजका प्रवीन गुरुङ ले ३७ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा चन्द्रसुब्बा गुरुङ ले ३७ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे। यससँगै व्यक्तिगततर्फ शीर्ष तीन स्थानमा क्रबाजी सिङ्दी तमु समाजका धावकहरूले आफ्नो नाममा jit हासिल पार्न सफल भए।

टिम प्रतिस्पर्धामा पनि क्रबाजी सिङ्दी तमु समाजले २८ अंक जोड्दै च्याम्पियनको उपाधि जित्यो। पाइको तमु समाज, पोखरा–१२ ले ६७ अंकका साथ उपविजेतामा र ताङतिङ दूधपोखरी तमु समाज ७४ अंकसहित तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो।

महिलातर्फको ५ किलोमिटर दौडमा पाइको तमु समाज, पोखरा–१२ की ननिता गुरुङले निर्धारित दूरी २४ मिनेट २५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। सोही समाजकी रोशनी गुरुङले २६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन्। त्यसैगरी मुग्री गुरुङ समाजकी हेउमाया गुरुङ ले २८ मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह हिमाली गुरुङ परिवारका कार्यबाहक अध्यक्ष रुद्रबहादुर गुरुङको अध्यक्षतामा तथा प्रमुख अतिथि रत्नमान गुरुङको आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन प्रतियोगिताका संयोजक द्वय श्याम गुरुङ र युवा समितिका अध्यक्ष पूर्ण गुरुङले संयुक्त रूपमा गरेका थिए।

प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए। साइकल सिटीले व्यवस्थापनतर्फ सहयोग गरेको थियो भने कास्की जिल्ला एथलेटिक्स संघले प्राविधिक सहयोग प्रदान गरेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार खेलकुदमार्फत स्वस्थजीवनशैलीको प्रवर्द्धन, सामाजिक एकतालाई सुदृढ बनाउने तथा युवापुस्तामा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न तमु समाजका धावकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

१ श्रावण २०८३, शुक्रबार १२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा