Play

अन्नपुर्ण इनर व्हिल क्लबको पदस्थापन, अनिता पराजुली अध्यक्ष रहेको नयाँ कार्यसमिति

गुरुकुल खबर


पोखरा, इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इनर ह्वीलका बर्तमान अध्यक्ष अन्जु चालिसेले आगामी कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गरेकी थिईन ।

क्लबको नवनिर्वाचित उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिबु आचार्य अधिकारी, क्लब इडिटरमा तुलसा चापागाईं र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित भएका छन।

यसअघि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले समारोहको उद्घाटन गर्दै मनबाट सेवा भाव सहितको नेतृत्व, इनर ह्वीलका लिडरहरूले ध्यान दिनुपर्ने विषय तथा स्वास्थ्य, वातावरण र नेतृत्व विकास गर्नका लागि विभिन्न कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिएकी थिईन ।

कार्यक्रममा पूर्व डिस्ट्रिक्ट एनआर तथा इनर ह्वील क्लब अन्नपूर्णका चार्टर प्रेसिडेन्ट सर्सिज पालिखे लगायत विभिन्न क्लबका अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष सन्ध्या कुँवरले स्वागत, सचिव मुना राना कोइरालाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको संचालन पूर्व अध्यक्ष सजिना न्यौपानेले गरेकी थिईन । नव निर्बाचित अध्यक्ष अनिता पराजुली अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

३२ असार २०८३, बिहीबार १७:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा