Play

नर्वेलाई हराउंदै इंग्ल्याण्ड आठ बर्षपछि फिफा विश्वकपको सेमीफाइनलमा

गुरुकुल खबर


काठमाडौं, फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंगल्याण्ड प्रवेश गरेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गरेपछि इंग्ल्यान्डले ८ वर्षपछि सेमिफाइनमा प्रवेश गर्ने अवसर पाएको छ । जुड बेलिंघमकाे दुई गोलकाे मद्दतमा नर्वेमाथि इंगल्याण्डले यो अबसर पाएको हो

पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुवाति अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जुड बेलिंघमले बराबरी गोल फर्काए ।

दोस्रो हाफका दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।

२८ असार २०८३, आईतवार ०५:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा