Play

सुकुम्बासी राखिएको ठाउँ डुबानमा, ५४ जनालाई उद्वार गरेर अन्यत्र लगियो

गुरुकुल खबर


काठमाडौं, काठमाडौँको कीर्तिपुरमा सुकुम्वासीहरुलाई लगेर राखिएको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहा रहेका ५४ जनाको उद्वार गरिएको छ । वर्षापछि आएको बाढी पस्दा होल्डिङ सेन्टर डुबानमा परेको कारण होल्डिङ सेन्टरमा रहेका १५४ मध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको स्मृति भवनमा राखिएको छ ।

सरकारले उनीहरुलाई पहिले बसिरहेको ठाउँ जोखिमपूर्ण रहेको भन्दै ति स्थानबाट उठाएर होल्डिंग सेन्टरमा लगेर राखेको थियो । तर,  सरकारले तिन महिनासम्मको मात्र ब्यबस्था गरेको भन्दै कतिपय सुकुम्बासीहरुले सरकारको बिरोध शुरु गरेका छन । आँफुहरु पहिले बसेको ठाउँ नै उपयुक्त रहेको अबस्थामा सरकारले आँफुहरुको घर टहरा समेत भत्काइदिएको र अन्य सामान समेत ल्याउन नपाएको भन्दै उनीहरुले आंफ्नो र परिवारका सदस्यहरुको चिन्ता प्रकट गरिरहेका छन ।

अन्य ६ जना आफन्त वा नजिकैको होस्टेलमा बस्न गएका छन् । ९४ जना अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन् । होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन् ।

उनीहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्न पाएनन् ।  हाल घटनास्थलमा सम्बन्धित विषयगत क्लस्टरहरू सक्रिय भई प्रभावितहरूका लागि खाना, खानेपानी तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

२७ असार २०८३, शनिबार ०९:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा