Play

पत्रकार मिना थापालाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्यो- मन्त्री शेरचन

गुरुकुल खबर


पोखरा, ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मिना थापामगर पुरस्कृत भएकी छिन् । उनलाई शुक्रबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर शेरचनले नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र घलेकीले सम्मान गरेका हुन्। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री शेरचनले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने बताए । गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले प्रदेशमा भएका संस्कार र सँस्कति केवल गण्डकी प्रदेशमा मात्रै सीमित नराखी अन्य प्रदेशमा समेत बिस्तार गर्न पत्रकार सहित सबैको सहयोग आबश्यक रहेकोमा उनले जोड दिए ।

अहिले केही व्यक्तिले संविधान ठीक छैन भन्ने भाष्य निर्माणमा लागिरहेको भएपनि त्यो सत्य नभएको उनको दावी थियो । संविधानले आम नागरिकलाई सबै किसिमका अधिकार प्रदान गरेकाले संविधान खारेजी हुनुपर्छ भन्ने भाष्य गलत भएको उनले बताए । ‘संविधानले हरेका नागरिकलाई बराबर अधिकार दिएको छ, संविधान गलत छ भन्ने भाष्य निर्माण गर्न नलागौं,’ उनले भने, ‘समयलाई चिन्न नसेकेकोमा नेपाल पछाडि परेको हो, त्यसैले समयलाई चिन्न सिकौँ ।’

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षाबहादुर रैकामगरले आफ्नो समुदायको भाषा, संस्कृति, संस्कार लगायतका विषयमा कलम चलाएर पत्रकारहरुले योगदान पुर्याउनु आवश्यक भएको बताए । राष्ट्रिय जनगणना अनुसार मगरर तेस्रो स्थानमा भएपनि केही कारणले गर्दा पछाडि परिरहेको उनले गुनासो गरे । गण्डकी प्रदेश सरकाररले मगर र गुरुङ भाषालाई कामकाजी भाषाका रुपमा लागू गरेपनि कार्यान्वयन गर्न बाधा र अड्चन देखाइएको उनले बताए ।

गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले मिडियाको क्षेत्रमा महिलाको सहभागिताका विषयमा विषेश ध्यान दिनुपर्ने बताइन् । आदिवासी जनजातिका विषयलाई पत्रकारिताको क्षेत्रबाट पहिचान दिन र उनीहरुको इतिहासका विषयमा जनमानसका बीचमा लैजानु आजको आवश्यकता रहेको उनको भनाई थियो ।

पुरष्कृत व्यक्तित्व मिना थापामगरले आफूलाई पत्रकारिता क्षेत्रमा योगदान गर्न अझै हौसला मिलेको भन्दै पत्रकारिताको क्षेत्रमा लागेर आफ्नो संस्कार र संस्कृतिको विषयमा शब्दमार्फत् योगदान दिन पाउनु आफ्नो सौभाग्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, निट डेन्टलका सञ्चालक वीरेन राना मगर, प्रतिभा छनौट समितिका संयोजक तथा फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर लगायतले आआफ्नो भनाई राखेका थिए।

कार्यक्रममा चाउथे कदम मार्ग इकाई समितिले मौलिक कौराहा नृत्य तथा मगर साँस्कृतिक संघका सदस्य रमेश थापामगर लगायतले कौराहा सँगै गीत प्रस्तुत गरेका थिए । यो पुरस्कारबाट यसभन्दा अघि कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, रुद्र श्रीष मगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन् ।

२६ असार २०८३, शुक्रबार १९:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा