Play

पांच पटकको विश्वकप बिजेता ब्राजिलको क्वार्टरफाइनलको यात्रा ३६ बर्षमा अबरुद्ध, नर्वे क्वार्टर फाइनलमा

जारी विश्वकपमा सर्वाधिक ७ गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्स किलियन एम्बाप्पे जस्तै बने नर्वेका हालान्ड


गुरुकुल खबर


काठमाडौँ, पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २-१ ले हराउँदै इतिहासमै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा नर्वेले स्थान बनाएको छ। नर्वेका खेलाडी एर्लिङ हालान्डले दोस्रो हाफमा २ गोल गरेपछि ब्राजिल पराजित भएसंगै नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

न्युयोर्क–न्यु जर्सी स्टेडियममा आइतबार भएको अन्तिम १६ को खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको चौथो मिनेटमै प्याट्रिक बर्गले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन। ब्राजिलले पहिलो हाफमै अग्रता लिने सुनौलो अवसर पाएको थियो। तर ब्रुनो गिमारेसको पेनाल्टी नर्वेका गोलरक्षकले बचाएपछि खेल गोलरहित रह्यो।

त्यसपछि लामो समय शान्त देखिएका हालान्ड ७९औँ मिनेटमा चम्किए। एन्ड्रियास स्केल्डेरुपको क्रसलाई गाब्रिएललाई उछिन्दै हेडमार्फत जाली चुमाउँदै उनले नर्वेलाई १–० को अग्रता दिलाए। ९०औँ मिनेटमा हालान्डले बक्स बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि नर्वे २-० ले अघि बढ्यो र जित लगभग निश्चित बनायो। दुवै गोलका लागि स्केल्डेरुपले नै असिस्ट गरेका थिए।

जारी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका मिलियन एम्बाप्पेलाई हालान्डले भेट्टाएका छन् । इन्जुरी समयको १०औँ मिनेटमा रेफ्रीले लियो ओस्टिगार्डले कासेमिरोलाई कुहिनाले प्रहार गरेको ठहर गर्दै ब्राजिललाई दोस्रो पेनाल्टी दिएका थिए। वैकल्पिक खेलाडी नेयमारले त्यसलाई गोलमा परिणत गरे पनि त्यो केवल सान्त्वना गोलमा सीमित रह्यो।

योसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्न असफल भएको छ। विश्वकप इतिहासमै पहिलो पटक अन्तिम आठमा पुगेको नर्वेले अब जुलाई ११ मा हुने क्वार्टरफाइनलमा इङ्ग्ल्यान्ड वा सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।

२२ असार २०८३, सोमबार ११:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा