Play

पोखरा रोटरी क्लबमा राजकुमार गुरुङ नेतृत्वको समितिको पदस्थापन

गुरुकुल खबर


पोखरा, रोटरी क्लब अफ पोखरा न्युरोडको रोटरी बर्ष २०२६/२७ को लागि राजकुमार गुरुङ अध्यक्ष रहेको नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । शुक्रबार आयोजित एक समारोहमा गुरुङको नेतृत्वमा चयन गरिएको १९ सदस्यीय नयाँ कार्यसमितिका अध्यक्ष गुरुङलाई  निवर्तमान अध्यक्ष अमृतराज बास्तोलाले नेतृत्व हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. ईश्वरी प्रसाद ढकालले क्लबले बिगत १६ वर्षदेखि बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको भनि प्रशंसा गरे । उनले आगामी कार्यकालका लागि शुभकामना दिँदै आगामी साउन २६ गतेदेखि १ हप्तासम्म १ लाख बिरुवा रोप्ने अभियान रोटरीले सञ्चालन गर्ने जानकारी दिए ।

आगामी कार्यकालमा विभिन्न स्थानमा २० वटा कम्प्युटर ल्याब स्थापना गर्ने, ३५ वटा ग्लोबल ग्रान्ट परियोजना सञ्चालन गर्ने र दन्त स्वास्थ्य कार्यक्रमलाई विस्तार गरिने बताउंदै उनले क्लबमा सदस्य संख्या १० प्रतिशतले वृद्धि गर्ने योजना रहेको जानकारी दिए ।असिस्टेन्ट गभर्नर विप्लव हमालले रोटरीको महत्वको बारेमा चर्चा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरे ।

क्लबका नवनिर्वाचित अध्यक्ष गुरुङले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले आफ्ना आगामी सेवामुखी कार्यक्रमहरू सार्वजनिक गर्दै समाजका आवश्यकता पूरा गर्न सक्रिय रहने बताए । निवर्तमान अध्यक्ष बास्तोलाले आफ्नो कार्यकालको आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नेहरुलाई आभार प्रकट गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

रोटरी क्लबका प्रेसिडेन्ट इलेक्ट एबम उक्त कार्यक्रमका संयोजक पुष्पराज पराजुलीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा।संस्थापक अध्यक्ष रविप्रसाद बरालले नवनिर्वाचित अध्यक्ष गुरुङको परिचय दिँदै क्लबको स्थापनाकालीन इतिहासबारे जानकारी गराएका थिए भने अर्का पूर्व अध्यक्ष रामविक्रम अधिकारीले प्रमुख अतिथि डा. ढकालको चिनारी प्रस्तुत गरेका थिए ।  पूर्व अध्यक्ष गीता सिग्देलले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।

२१ असार २०८३, आईतवार ०५:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा