Play

कास्की, पर्बत र स्याङ्गजाको संगमस्थल पंचासेको पर्यटन प्रबर्द्दनमा संचारिका समुहको पहल

गुरुकुल खबर


पोखरा, महिला पत्रकारहरुको संस्था सञ्चारिका समूह नेपालको गण्डकी प्रदेश समितिले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा ‘पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ गरेको छ। ‘पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लाका बिभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना पत्रकारको सहभागिता रहेको थियो।

पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने पञ्चासे क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ। पञ्चासे क्षेत्र पोखरा -२३ मा पर्ने भएपनि कास्की पर्बत र स्यांग्जा जिल्लाको संगमस्थल हो यो क्षेत्र जैविक बिबिधताको दृष्टिकोणले र पर्यटकीय दृष्टिकोणले सम्भावना धेरै भएको क्षेत्रको रुपमा चिनिन्छ

भ्रमणका क्रममा सहभागी पत्रकारहरूले पञ्चासेका प्रमुख पर्यटकीय गन्तव्य, स्थानीय होमस्टे, प्राकृतिक सुन्दरता, जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए।

पन्चासेमा पुगेपछि आयोजित कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले महिला पत्रकारहरूको भ्रमणले पञ्चासेको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। पत्रकारहरूले आफ्ना समाचार, लेख तथा विभिन्न सञ्चारमाध्यममार्फत पञ्चासेको सम्भावनालाई व्यापक रूपमा उजागर गर्ने भएकाले यस कार्यक्रमले पर्यटन क्षेत्रलाई सकारात्मक टेवा पुग्ने उनको भनाइ थियो।

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कडेलले महिला पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै पर्यटन प्रवर्द्धनमा प्रभावकारी रूपमा कलम चलाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन। यस्ता अवलोकन भ्रमणले पत्रकारहरूलाई स्थानीय पर्यटनबारे प्रत्यक्ष जानकारी प्राप्त हुने र त्यसलाई समाचार तथा फिचरमार्फत जनसमक्ष पुर्याउन सहज हुने उनको भनाई थियो।

पञ्चासे होमस्टे समितिका सञ्चालक होमनाथ पौडेलले सञ्चारिका समूहको भ्रमणले पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सञ्चारमाध्यममार्फत पञ्चासेको प्रचार–प्रसार बढेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भई स्थानीय पर्यटन व्यवसाय र समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने उनले बिश्वास व्यक्त गरे।

सहभागीहरूले पञ्चासेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, स्थानीय समुदाय तथा सञ्चार क्षेत्रबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

१९ असार २०८३, शुक्रबार ०९:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा