Play

लामो परम्परा र इतिहास बोकेको पशुपति क्षेत्रको महत्व बुझेर छिट्टै नै काम शुरु गर्छौं- सदस्य सचिब श्रेष्ठ

गुरुकुल खबर


काठमाडौँ, पशुपति क्षेत्र विकास कोषको सदस्य सचिबमा पोखराका साहित्यिक एबम सांस्कृतिक व्यक्तित्व तीर्थ श्रेष्ठ नियुक्त भएका छन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले पोखराका तीर्थ श्रेष्ठलाई पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त गरेका छन् । कोषको अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई अध्यक्ष पदमा मनोनित गरेकोमा बिहिबार मात्र उनले नियुक्ति पत्र बुझेका छन ।

श्रेष्ठको नियुक्तिसँगै केहि समयदेखि रिक्त रहेको पशुपति क्षेत्र विकास कोषको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ । कोषले पशुपतिनाथ मन्दिर परिसरको व्यवस्थापन, सम्पदा संरक्षण तथा धार्मिक गतिविधिको समन्वय गर्दै आएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पुरातात्विक महत्वको संरक्षण, कोषको पारदर्शी आर्थिक व्यवस्थापन र पदाधिकारीहरूबीचको समन्वय श्रेष्ठका मुख्य चुनौती छन् ।

कोषको प्रशासनिक नेतृत्वमा श्रेष्ठको नियुक्ति भएपनि कोषको संचालक समितिले पूर्णता पाउन भने अझै बाँकी छ । यसैबीच कोषको सदस्य सचिबमा नियुक्त श्रेष्ठले कोषको बोर्डले पूर्णता पाउन बाँकी रहेको र पशुपति क्षेत्र र कोषको बारेमा आंफुले पनि धेरै कुरा बुझ्न बाँकी रहेको जानकारी दिए। ‘इतिहास र परम्पराको दृष्टिकोणले पशुपति क्षेत्र विकास कोषको महत्व धेरै छ त्यसमाथि कोषले बिगतमा के कसरी काम गरेको थियो, समस्या के कस्ता छन र तिनको समाधानका उपाय के हुन सक्छन भन्ने बुझ्न जरुरी रहेकोले केहि दिनपछि मात्र कोषको गतिविधि अगाडी बढाइने छ’ गुरुकुल खबरसंगको कुराकानीमा श्रेष्ठले भने ।

श्रेष्ठले पोखरामा रहेर साहित्यिक र सांस्कृतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील श्रेष्ठ बिगत २५ बर्षदेखी पोखराको प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा सचिव र वरिष्ठ उपाध्यक्षका भूमिका निर्वाह गरिसकेका छन । श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य सचिवका साथै पोखराका तत्कालिन उपप्रधानपन्च समेत हुन। २०४३ सालको निर्बाचनमा श्रेष्ठलाई नेपाली काँग्रेसले पोखराको उपप्रधानपन्चको उमेदवार बनाएको र उनले बिजय प्राप्त गरेका थिए । पछिल्लो समय भने उनि नेपाली काँग्रेसको राजनीतिबाट टाढा छन ।

२०१६ साल कात्तिक १६ गते पोखराको सिंहनाथ टोलमा जन्मिएका श्रेष्ठ २०३६ सालको ऐतिहासिक सडक कविता क्रान्तिबाट उदाएका साहित्यिक व्यक्तित्व हुन श्रेष्ठले नेपाली लेखक संघको केन्द्रीय अध्यक्ष तथा पोखरेली युवा सांस्कृतिक परिवारको तीन पटकसम्म अध्यक्ष भएर काम गरिसकेका छन् । उनको ‘आमा’, ‘जिन्दगीको कुरुक्षेत्रबाट’ र ‘महाभारतका गीतहरू’ लगायत काव्यकृतिहरू चर्चित छन् । साहित्यिक र सांस्कृतिक योगदानका लागि उनलाई युवा वर्ष मोती पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र प्रबल जनसेवा श्री पदक लगायतबाट सम्मानित गरिएको छ ।

१९ असार २०८३, शुक्रबार ०८:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा